News Portal

सप्तकोशीका ४१ वटा नै ढोका खोलियो, स्थानीय जनतालाई सुरक्षित रहन आग्रह

हिमालीसंचार संवाददाता
२८० पटक

असार-२३, आइतबार/इनरुवा – सुनसरीको सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ४१ वटा ढोका खोलिएको छ । आज बिहान ६ बजेसम्म सप्तकोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पानीको वहाव बढ्दै गएसँगै सप्तकोशी ब्यारेजका ४१ वटा ढोका खोलिएको हो। मनसुनको प्रभावका कारण पूर्वाञ्चलका पहाडी भूभागहरुमा अविरल बर्षाका कारण सप्तकोशीको पानीको वहाव बढेको केन्द्रले जनाएका छन्। 

सप्तकोशीको जलमापन केन्द्रका अनुसार जलसतह सतर्कता पार गरेको र अझै पानीको वहाव बढ्दो क्रममा रहेको हुनाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनार आसपासमा बसोबास गर्नु हुने स्थानीयहरुलाई सुरक्षित रहन केन्द्रले अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...