News Portal

  • एमाले नगर कमिटीद्वारा अग्नि पीडितहरूको लागि आर्थिक सहयोग

    रबिन्द्र बराल, मोरङ
    २०२ पटक

    असार-२२, शनिबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र ३ गते भएको आगलागी पिडित स्थानीयहरुको  आवास निमार्णाका लागि नेकपा एमाले रङ्गेली नगर कमिटीद्वारा एक कार्यक्रमको आयोजना गर्दै नगद हस्तान्तरण गरेका छन्।

    आयोजित कार्यक्रममा रङ्गेलीका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, वडाअध्यक्ष भरत प्रसाई, विभिन्न वडाका वडाअध्यक्षहरु, नेकपा एमालेका प्रदेश कमिटी सदस्य मनोज अग्रवाल, मोरङ जिल्ला उपसचिव संतोष साह, जिल्ला कमिटी सचिवालय सदस्य रंगेली इंचार्ज इर्जालाल राजवंशी, जिल्ला सदस्य जीतलाल मण्डल, नगरअध्यक्ष दलबहादुर बस्नेत, हरि उप्रेती, पुनम सापकोटा लगायतको सहभागिता रहेको थियो । 

    मेयर बगडियालाई नगद ३ लाख ६५ हजार ३ सय ४० रुपैयाँ हस्तान्तरण गरेका थिए।  उनीहरूले अग्नि पिडित परिवारको घर निर्माणका लागि सो रकम दिएको  मनोज अग्रवालले बताए ।  

    केही महिना अगाडि रंगेलीका मेयर बगडियाले अग्नि पीडित परिवारहरूलाई  असार भित्रमा घरमा प्रवेश गराउने भनिएता पनि प्रदेश सरकारको बजेट अभावका कारणले आफूहरुले समयमै अग्निपिडित  परिवारहरूलाई नयाँ घरमा प्रवेश गराउन नसकेको स्वीकार गरेका छन । उनले असोज महिना भित्रमा नयाँ घरमा प्रवेश गराउने प्रतिबद्धता समेत जनाएका छन् ।  

    अहिले उक्त स्थानमा २२ घरपरिवारको घर गर्नेमा कार्य अगाडि बढिरहेको छ। अहिलेसम्म  पाँचवटा  घरमा टिनको छानो र अन्य काम भने धमाधम भइरहेको र बाँकीकाम समेत अगाडि बढीरहेको र ५ वटा   स्थानको  घरको काम धमाधम भइरहेको र  टिनको छानो काम  भइरहेको समेत जनाएका छन । 

    घर निर्माणकार्यका लागि संघीय सरकारबाट ३ लाख ५५ हजार, प्रदेशबाट ३० प्रतिशत   र स्थानीय स्तरबाट १५ प्रतिशत रकम प्राप्त भएको छ। प्रतिघर ६ लाख ५५ हजार रुपैयाँ  बराबरबाट घर निर्माणकार्य  भईरहेको छ ।

    उक्त घर निर्माणका लागि हेमिडेन्स संस्था,  लुथरन समाज लगायत अन्य संघसंस्थाको सहयोगमा दुई कोठा, एउटा किचन र टुवेल सहित घर निर्माण कार्य हुने भएको छ। घर निर्माणका लागि अग्नि पीडितका महिलाहरूलाई उपभोक्ता समिति समेत गठनमा दुई समूहमा बिभाजन गरेर उपभोक्ता समिति गठनमार्फत घर निर्माणकार्य भइरहेको  नगरपालिकाले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...