News Portal

मोरङको सुनवर्षी-५ ले शिक्षक सम्मान तथा विद्यार्थीलाई पुरस्कार

रबिन्द्र बराल, मोरङ
२१७ पटक

असार-२०, बिहीबार/मोरङ – “समृद्ध सुनवर्षीको आधारः स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार” भन्ने मूल नाराका साथ विगत दुई वर्षदेखि सुनबर्षी-५ स्थित वडा कार्यालयले उक्त कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ।

यस्तो सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई समेत पढ्न जोस-जाँगर आउने र शिक्षकहरुलाई समेत विद्यार्थीको लागि पठनपाठनको लागि पूर्ण रुपमा लागिपर्ने भएकोले बिगत दुई बर्षदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आईरहेको र आगामी दिन  समेत यस्तो कार्यक्रम गर्देलैजाने वडाअध्यक्ष युगेश्वरप्रसाद ठाकुरले बताए । 

वडाले प्राथमिक तह, निम्नमाध्यमिक बिधालयका छात्र-छात्राहरुलाई बिधालयमा नियमित रुपमा उपस्थित रहेका र जेहेन्दार बिधार्थीहरुलाई सम्मान गरेको थियो ।  

वडा कार्यलयको सभाहलमा भएको कार्यक्रममा जनता आधारभूत बिधालय नवागञ्ज बिष्णु आधारभुत, राम जानकी आधारभुत, गुलेश्वरी आधरभुत र मदरसा महिसुदिप आधारभुत बिधालयहरुमा अध्ययन गर्ने १ कक्षादेखि ७ कक्षासम्मका ६० जना बालबालिकाहरुलाई पेन्सिल, कपी, व्याग, वितरण गरेका थिए ।

विद्यालयको शैक्षिक उन्नती प्रगति तथा विकासका साथै अनुशासित, कर्तव्यनिष्ठ, नियमितता र विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान एवम् शिक्षण पेशालाई थप सबल बनाउने विद्यालयका शिक्षकहरूलाई दोसल्ला ओडाएर सम्मानसमेत गरिएको थियो ।  

शिक्षण पेशालाई थप सबल बनाउन पहल कदमीको मुल्याङ्कन गर्दै नियमित रुपमा उपस्थित र बिधालय राम्रो काम गरेका १२ जना शिक्षक, शिक्षिकाहरुलाई प्रमाणपत्र र दोसल्लाहा ओढाएर सम्मानित समेत गरिएको थियो ।  

कार्यक्रमको प्रमुख अतिथि सुनवर्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रूद्रप्रसाद दुलालले भने बिधार्थी र शिक्षकहरुका लागि यसरी वडाले सम्मान गर्नु बालबालिकाको हौस्लाह बडाएकोमा धन्यवाद समेत दिएका थिए ।  

वडाअध्यक्ष युगेश्वरप्रसाद ठाकुरका अनुसार शिक्षकहरुले आगामी दिनहरुमा अझै बिधालयका लागि राम्रो र अनुशासन काम गरेमा मुल्यांकन अनुसार थप सम्मानित गर्दै जाने ठाकुरले बताए । 

कार्यक्रममा शिक्षा अधिकृत हरी प्रसाद   कट्टेल  वडासचिव भविन कार्की, वडा सदस्य स्थानीय, बिधालयका प्रध्यानपक, शिक्षक, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...