News Portal

गजेन्द्र खालिङ राईको नेतृत्वमा “किरात खालिङ राई उत्थान संध” कतार शाखा गठन

हिमालीसंचार संवाददाता
३९७ पटक

असार-१९, बुधबार/काठमाडौं – पूर्वाञ्चलको खोटाङ जिल्लाका युवा समाजसेवी गजेन्द्र खालिङ राईको अध्यक्षतामा “किरात खालिङ राई उत्थान संघ” कतार शाखा गठन गरिएको छ।

दोहाको कतार शहर पुगेका खालिङ समुदायका अग्रजहरुको गत शनिबार सम्पन्न अनलाइन मिटिङ मार्फत खोटाङका युवा समाजसेवी गजेन्द्र खालिङ राईको नेतृत्वमा १७ सदस्यीय खालिङ संघको तदर्थ समिति कतारमा गठन गरिएको हो ।

संघको प्रथम उपाध्यक्षमा दिपक खालिङ राई-तेह्रथुम, द्वितीय उपाध्यक्षमा सुबास खालिङ राई-उदयपुर, सचिवमा सर्वधन खालिङ राई-सोलुखुम्बु, सह–सचिवमा उत्रशेर खालिङ राई-उदयपुर, कोषाध्यक्षमा माया खालिङ राई-सङ्खुवासभा, सह-कोषाध्यक्षमा दिपक खालिङ राई-खोटाङ, सदस्यहरुमा क्रमश मिलन खालिङ राई- सोलुखुम्बु, शङ्कर खालिङ राई-उदयपुर, जीवन खालिङ राई-इलाम, लक्षमन खालिङ राई, रवि खालिङ राई, नेप्सुङ खालिङ राई, निर्जला खालिङ राई, बिष्णु खालिङ राई, अनोन खालिङ राई-गोर्खा रेस्टुरेन्ट चयन भएका छन ।

त्यस्तै, संघको संरक्षकमा खड्का खालिङ राई, याम खालिङ राई, जतन खालिङ राई, छत्र खालिङ राईलाई चयन गरिएको तदर्थ समितिका अध्यक्ष गजेन्द्र खालिङ राईले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...