News Portal

मोरङको रंगेलीमा राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

रबिन्द्र बराल, मोरङ
३०८ पटक

असार-१८, मंगलबार/मोरङ – मोरङको रङ्गेली नगरपालिकामा राष्ट्रिय परिचयपत्र  वितरण सुरु गरिएको छ।

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागको सहयोग र रंगेली नगरपालिकाको समन्वयमा रंगेली नगरपालिकामा २०७८ सालमा वडा कार्यलमा दर्ता भइसकेको राष्ट्रिय परिचयपत्र कार्डको छपाई कार्यसकेर अहिले नगरपालिकाले वडा स्तरबाट नै कार्ड वितरण कार्य सुरु गरेको हो। 

परिचयपत्रको फारम भर्न छुट भएका व्यक्तिहरुको पुनःविवरण दर्ता कार्य सुरु गरेको छ। रङ्गेली नगरपालिकामा २५ हजारको हाराहारीमा राष्ट्रिय परिचयपत्र छपाई भएर आइसकेको र उक्त कार्ड वितरण सुरु भएको पञ्जीकरण शाखा रंगेलीका परिचय-पत्र विभागका दीपक दाहालले जानकारी दिए।    

उनका अनुसार रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ मा परिचयपत्र र नयाँ फर्म भर्नेहरूको अहिले काम भइरहेको उनले बताए।   रंगेली नगरपालिकाले वडा स्तरमै गएर अनलाइन मार्फत नयाँ राष्ट्रिय परिचयपत्रको फर्म भर्ने सुरु गरेको र यो वडा स्तरबाटै यसरी अनलाइन मार्फत फर्म भरेको सम्भवत यो नेपालकै पहिलो नगरपालिका रहेको दाहलले बताए । 

उनका अनुसार उक्त राष्ट्रिय परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्तिले नै तोकिएको ठाउँमा गएर परिचयपत्र स्वयमै जानुपर्ने र उनको पुनः बायोमेट्रिक गरेर मात्रै राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्न मिल्ने भएकाले स्वयं व्यक्तिले नै आउनुपर्ने उनले बताएका छन्। 

यदि कसैको राष्ट्रिय परिचयपत्रमा नाम ठेगाना वा केही गल्ती भएमा पुन सच्याउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङ विराटनमा गएर शुल्क बापत पाच सय रुपैया तिरेर मात्रै पुनः संशोधन गरेर राष्ट्रिय परिचयपत्र लिन सकिने समेत उनले बताएका छन् । 

रङ्गेली नगरपालिकाका मेयर दिलिपगडियाका अनुसार विगतका वर्षमा वडामा गरिएको राष्ट्रिय परिचयपत्रमा अफलाइन भएको र राष्ट्रिय परिचयपत्र पनि समेत तुरुन्तै नआउने भएका र स्थानीय वृद्धहरूले समेत दुःख पाएपछि अहिले  आफूहरुले वडा स्तरबाटै नेटको व्यवस्थापन गरेर राष्ट्रिय परिचयपत्र तुरुन्तै स्थानीयको हातमा दिलाउन आफूहरुले वडा स्तरबाटै अनलाइन गरेको उनले बताएका छन्।

प्राविधिक समस्याका कारण रंगेली  नगरपालिकाले निकालेको सूचना भन्दा केही दिन ढलाई समेत भएको र अन्य वडाहरुमा भने राष्ट्रिय परिचयपत्रको समयमै वितरण गर्ने आफुहरुले समयमै वितरण गर्ने नगर प्रमुख बगडियाले बताए ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...