News Portal

मोरङको उर्लाबारीमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

रबिन्द्र बराल, मोरङ
४३६ पटक

असार-१८, मंगलबार/मोरङ – मोरङको उर्लाबारीमा टिप्परको ठक्करबाट घटनास्थलमै एक महिलाको मृत्यु भएको छ । उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी-६ सिलौलीमा सोमबार साँझ टिपरको ठक्करबाट गोपाल चोक निवासी अन्दाजी २७ वर्षीया सिता बोहोराको मृत्यु भएको हो।

मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६:५० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी  बोहोराको उपचारको क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा साँझ ७:३० बजेतिर मृत्यु भएको हो।  

घरबाट सब्जी लिन निस्किएको समयमा  उनलाई टिपरले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा स्कुटरको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा समेत गम्भिर घाइते भएका छन्।  उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा भर्ना गरिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको लागि पठाएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...