News Portal

सभापतिले ‘म नै विधान हुँ’ भनेजस्तो गर्नु दुःखद : नेता प्रकाशमान

हिमाली संचार संवाददाता
७१२ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवामाथि जे मन लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाएका छन् ।

लौह पुरुष गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतिमा आयोजित माल्यार्पण कार्यक्रममा गणेशमान पुत्र समेत रहेका सिंहले पद, प्रतिस्ठा र कुर्सीका लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पद समेत त्याग गर्ने गणेशमानको जीवन मनन गर्न लायक रहेको बताए ।

नेता सिंहले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताए । लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाका लागि लडेको कांग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले प्रष्ट पारेको उनले बताए ।

पार्टीको विधान केही होइन, सभापति नै सबैथोक हो भनेजसरी जे मन लाग्यो त्यही गर्दै हिड्नु दुःखद भएको उनले बताए ।

नेता सिंहले भने, ‘विधान अनुसार चल्नुपर्छ । नगरी नहुने कुनै काम भए आवश्यकताअनुसार विधान संशोधन गरौं भन्दा म नै विधान हुँ भने जसरी सभापतिजी प्रस्तुत हुनु अत्यन्तै दुःखद हो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...