News Portal

मोरङको गेउरिया पुल १० बर्ष बितिसक्दा समेत संचालनमा आउन सकेन

रबिन्द्र बराल, मोरङ
२८३ पटक

असार-१४, शुक्रबार/मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको निर्माण कार्य सुरु भएको १० वर्ष बितिसक्दा समेत उक्त पुल सञ्चालनमा आउन सकेको छैन।

गत चैत महिनामा अख्तियार आयोग र  सडक विभागको टोलीले अनुगमन  गरेर काम चाँडै सक्न निर्देशन दिएता पनि निर्देशन दिएको ४ महिना बितिसक्दा समेत  पुलको  निर्माण कार्य भने कछुवाको गतिमा निर्माण भईरहेको छ ।  

उक्त पुलको उत्तर र दक्षिणतर्फबाट माटोको काम र पुलको रेलिङको काम सुस्त गतिमा चलिरहेको छ। यो बर्खको समयमा स्थानीय यात्रुहरुले ज्यान जोखिमा राखेर आवतजावत गर्ने बाध्य हुने स्थानीय पुन्य प्रसाद रिमालले बताए । सो क्षेत्रबाट दुईपटक निर्वाचित भएका ऋषिकेश पोखरेल संधीय सांसद बने। तर हाम्रो गाउँको पुल बनाउन कुनै सरकारबाट कुनै पहल नभएको र सम्धित निकायले समेत ध्यान नदिएको आरोप समेत लगाएका छन्।

उक्त पुलको निर्माणकार्य २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले ठेक्का १५ मिटर लम्बाई पुल निर्माणका लागि १ करोड १८ लाख रुपैयाँमा ठेक्का पाएको थियो । १०  वर्ष बितिसक्दा समेत १५ मिटर लम्बाई पुल बनाउन नसक्ने सरकारले देश कसरी बनाउँछन भन्दै स्थानीय आक्रोशित भएका छन । ठेक्केदारको लापरबाहीका कारण समय अबधिमा पुल निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनीलाई किन सडक बिभागका प्रमुखहरुको ध्यानाकर्षण नभएको भन्दै  स्थानीय आक्रोसित भएका छन ।

दैनिक उक्त सडकबाट सयौं सवारीसाधनहरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीयहरुले उक्त पुल हेर्दे बस्दै गर्ने र वाघ्य रहेका छन । उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँच जनाभन्दा बढीले ज्यान गुमाएका छन्। सयौं जना घाइते समेत भएका स्थानीयले बताएका छन्।

प्रतिकृया दिनुहोस्

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...