News Portal

मोरङको रङ्गेली प्रहरीद्वारा १५ सय केजी गाँजा सहित एक युवा पक्राउ (फोटो फिचर)

रबिन्द्र बराल, मोरङ
१११२ पटक

असार-१४, बिहीबार/मोरङ – मोरङको रंगेली इलाका प्रहरी कार्यालय रंगेलीले अहिलेसम्मकै ठूलो परिणाममा गाँजा सहित एक जना युवालाई पक्राउ गरेको छ।  

धनपालथान गाँउपालिका वडा नम्बर-७ स्थित कमलपुर टोल बस्ने ३० बर्षीय  राजकुमार सिंहले आफ्नो घरमा लुकाई राखेको अवस्थामा प्रहरीको गोप्य  सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली तथा मातहतका प्रहरी चौकी गडेरिया, कर्सिया, पोखरिया, अमाही तथा मायागञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा निजको करेसा बारीमा भएको बाँसको टाटीले बारेको टिनको छानो मुनि गहुँको भुस राख्ने भुसगोठ भित्र खाँदको बोरामा अवैध गाँजा लागूऔषध ४९ बोरा गाँजा प्रहरीले बरामत गरेको हो। 

प्रहरीका अनुसार उक्त गाँजा १५ सय ४८ केजी बरामद गरिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निर्देशक सन्तोष खड्काले जानकारी दिएका छन्। निजलाई थप अनुसन्धान गरी मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।
तस्वीरः रबिन्द्र बराल, मोरङ

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...