News Portal

मोरङको रंगेलीमा घाँघी खोलाले एक वृद्ध बगायो

रबिन्द्र बराल, मोरङ
२९९ पटक

असार-१३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका ४ स्थित चोप्राह नजिकमा रहेको घाँघी खोलाले बगाएर एकजना वृद्धको ज्यान लिएको छ।

मङ्गलबार रातिदेखि आएको अबिरल वर्षाका कारण खोलामा पानीको बहाव बढेको थियो। प्रहरीका अनुसार उनी आफ्नो खेतको लागि बिउ उखेल्नका लागि खोला तरेर आफ्नो खेततर्फ जाने क्रममा उनलाई खोलामा आएको बाडीले बगाएको प्रहरीले जनाएको छ । 

धानको बिउ उखेल्न खोला तर्ने क्रममा सोही स्थान बस्ने वर्ष ४० का  नागेश्वर मण्डललाई खोलामा आएको बाडीले बगाएको र सूचना प्राप्त भएपछि सशस्त्र बिओपी चोप्राह र इलाका प्रहरी कार्यालयको रंगेली तथा स्थानीय बासिन्दाहरूको संयुक्त टोलीले खोलाको एक सय मिटर उत्तरतर्फ तीन घण्टाको प्रयासपछि उनको शव फेला परेको सशस्त्र विओपी रङ्गेलीका प्रहरी निरीक्षक राजु श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...