News Portal

  • ९औं ट्यालेन्ट हन्ट सम्पन्न, इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव बस्नेतले गर्ने प्रतिवद्धता

    विकास चाम्लिङ राई, धरान
    ४२१ पटक

    असार-१२, बुधबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार सम्पन्न भएको छ ।

    समापनको दिन सहभागी विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशी प्रदेश खेलकूद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत परशुराम, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरान १० न. वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई लगायतले प्रमाणपत्र वितरण गरेका छन। 

    वास्केटवल खेल विकास संगै समग्र खेलकूद विकासको लागि प्रदेश खेलकुद वोर्डबाट सक्दो सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि कृष्ण वस्नेत परशुरामले मन्तव्यको क्रममा बताए । 

    खेलकूद वोर्डबाट हुन नसके आफुले व्यक्तिगत तर्फबाट भए पनि सहयोग गर्ने सदस्य सचिव वस्नेतले प्रतिवद्धता जनाएका छन्। उनले तत्काल धरान रंगशाला इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि काम अगाडि बढाउने समेत बताए ।

    सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ १० गतेदेखि असार १० गतेसम्म एक महिना लामो ९औं ट्यालेन्ट हन्ट क्याम्प सम्पन्न भएको थियो। ट्यालेन्ट हन्टमा एल केजीदेखि एसईई दिएर वसेका ६५ जना विद्यार्थीहरुले सहभागिता जनाएको स्वागत मन्तव्यको क्रममा कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए।

    बास्केटवल खेल विकास तथा बास्केटवल खेलाडि उत्पादनका लागि ट्यालेन्ट हन्टको आयोजना १३ वर्ष अगाडिदेखि सुरु गरिएको उनले बताए। विशेष गरी एसईई दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरी ट्यालेन्ट हन्ट आयोजना गरिए पनि बास्केटवल सिक्न इच्छुक सवैलाई प्रशिक्षण क्याम्पमा सहभागि गराएको थियो । 

    एसईई दिएका सम्भावित उदयीमान खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृतिका लागि सिफारिस गरिने आयोजकले जनाएको छ । अहिलेसम्म ट्यालेन्ट हन्टका एक सय ५० भन्दा बढिलाई छात्रवृतिको लागि सिफारिस गरिसकेको आयोजकले जनाए ।

    ट्रयालेन्ट हन्ट प्रशिक्षण क्याम्प धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सम्पन्न भएको थियो । प्रशिक्षण क्याम्पमा सहभागिहरुलाई प्रदेशका मूख्य प्रशिक्षक विकाश चाम्लिङ राई, राष्ट्रिय महिला बास्केटवल खेलाडि डा. आशा राई, चिरञ्जिवि गिरी, आस्था कुलुङ, निवा चेम्जोङ लगायतले प्रशिक्षण दिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...