News Portal

मोरङमा सशस्त्र प्रहरीद्वारा विद्यार्थीहरूलाई खुल्ला सिमानाको विषयमा अन्तरक्रिया सचेतना कार्यक्रम प्रदान

रबिन्द्र बराल, मोरङ
२४९ पटक

असार-११,मंगलबार/मोरङ – शान्ति उद्वार, सुरक्षा सदा बराह रक्षित सुरक्षित सीमा सुरक्षित जीवन भन्ने मूल नाराका साथ खुल्ला सिमानाका विषयमा विद्यार्थीहरूलाई अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

प्रदेश सरकार आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको समन्वय र सहकार्य तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजित उक्त कार्यक्रम गरिएको थियो।

रङ्गेली ४ स्थित वडा कार्यालयको सभा हलमा भएको कार्यक्रममा गणेश माध्यमिक विद्यालय चोप्राहामा अध्ययन  गर्ने कक्षा ८, ९ र १० का छात्रा-छात्राहरूलाई खुल्ला सीमानाका बिषयमा जानकारी समेत गराएका थिए। सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक नवीन अधिकारीले सिमाका बिषयमा विद्यार्थीहरूलाई जानकारी समेत गराएका थिए ।    

नियन्त्रित सीमा प्रणाली, बन्द सीमा प्रणाली, सीमा भनेको दुई देश वा दुई भु-भागलाई छुट्याउने रेखा, चिन्ह, भौतिक संरचना, जमिन भाग वा जलिय भाग भएको र सीमा भनेको राजनीतिक वा भौगोलिक विभाजन, देश, प्रदेश, जिल्ला, स्थानीय तह वा कुनै पनि दुई भु-भागलाई एक अर्कामा छुट्याउन सहज हुने र  सीमा विभिन्न सन्धि, सम्झौता, समझदारी तथा प्रयोगको आधारमा निर्धारण गरिएको र जमिनमा भौतिक चिन्ह वा स्वरुपले र नक्सामा रेखाले सीमा निर्धारण गरिए बिषयमा अधिकारीले जानकारी गराएका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरीका दिवाकर राउत, रङ्गेली बेस क्याम्पका प्रहरी निरीक्षक राजु श्रेष्ठ स्थानीय बुद्धिजी समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...