News Portal

  • मोरङको कटहरी गाउँपालिका स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल, मोरङ
    ३१३ पटक

    असार-१०,सोमबार/मोरङ – मोरङको कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय सांस्कृतिक प्रतियोगितात्मक सम्पन्न भएको छ ।कटहरी-४ खयरबना स्थित श्री आधारभुत विद्यालयको प्राङ्गणमा भएको एक कार्यक्रममा पालिकाभित्रका रहेका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालयका कक्षा १ देखि १२ सम्मका जम्मा ११ वटा विद्यालयहरुको  सहभागी रहेको थिए ।

    प्रतियोगितामा बालबालिकाहरुले विभिन्न गीत गाउनुका साथै नृत्य समेत गरेर उपस्थित अतिथि तथा अभिभावकहरुलाई समेत मनोरञ्जन गरेका थिए । प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ गायन विधामा श्री आधारभुत विद्यालयकी छात्रा गायत्री मगर प्रथम, सोहि विद्यालयकी बिना कुमारी उराव दोश्रो र प्रजातन्त्र माध्यमिक विद्यालयकी बालसरी उराव तेश्रो  भएकी छिन ।

    त्यसैगरी नृत्यतर्फ भगवती आधारभुत विद्यालय प्रथम, श्री आधारभुत विद्यालय दोश्रो र जनता माध्यमिक विद्यालय तेश्रो भएका छन । संस्थागत विद्यालय नृत्यतर्फ ध्रुवतारा बोर्डिङ प्रथम, क्रिम्शन नेशनल पब्लिक स्कुल दोश्रो र राष्ट्रिय आदर्श विद्या मन्दिर तेश्रो भएका थिए   

    बिजेता विधार्थीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर बस्नेत, विभिन्न बिधालयका प्राध्यापक, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिध  लगायतले प्रतियोगिताका विजयी प्रथम, दोश्रो र तेश्रोलाई क्रमश दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय मूल्य बराबरको शैक्षिक सामाग्री, मेडल र प्रमाणपत्र  प्रदान गरिएको श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बलवहादुर  बस्नेतले बताए । 

    सो गाँउपालिकाले कटहरी भित्रका सरकारी बिधालयहरुका शिक्षकहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। विद्यालयहरुले बिधार्थीहरुका लागि खेलकूद लगायत विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी दिनहरुमा समेत  विद्यालयले सैक्षिक सुधारका लागि समेत विभिन्न कार्य गर्दैं लैजाने बस्नेतले जानकारी समेत दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...