News Portal

कान्छाराम कन्ट्रक्सनको कारण सडक निर्माण कार्यमा ढिलाई, स्थानीयलाई सास्ती

रबिन्द्र बराल, मोरङ
४०६ पटक

असार-७, शुक्रबार/मोरङ – मोरङको रंगेलीदेखि गान्धि आश्रम हुदै पथरी जोडिने गान्धि सडक बिगत ५ बर्षदेखि सुस्त गतिमा सडक निर्माण कार्य हुदा बर्षौदेखि स्थानीयहरुले दुख भोग्न बाध्य रहेका छन।

रंगेली नगरपालिकाको ७ नम्बर वडास्थित भोटुवावु चोकदेखि रंगेली-६ स्थित सुनवर्षीको टकुवा सिमासम्मको सडक समयमै निर्माणकार्य सम्पन्न नहुदा स्थानीयले सास्ती भोग्न बाध्य रहेका छन। 

२०७६ कात्तिकमा नेपाल सरकारले १ अर्ब ५५ करोड ७३ लाखमा २५ किलोमिटर सडकमा कालोपत्रेको जिम्मेवारी लिएको कान्छाराम कन्सट्रक्सनले नालाको काम सम्पन्न गरेता पनि अन्य काम नगर्दा बर्षेको समयमा सडमा पानी जम्ने समस्या भएपछि स्थानीयहरुलाई आवतजावत गर्ने समस्या हुने गरेको स्थानीय सत्यनारायण साहले बताए।

उक्त सडक निर्माणका लागि भोटोबाबु चोकदेखि सुनवर्षीको बोर्डरसम्म नगरपालिकाले ५२ फिट सडक निर्माणका लागि सम्पूर्ण हटाएर पूर्ण रुपमा हटाएर खाली गराएता पनि ठेक्केदारको लापरबाहीका कारण कामले भने गति लिन सकेको छैन।

उक्त बाटोबाट आवतजावत गर्ने बढी मात्रामा विद्यार्थी तथा स-साना बालबालिकाहरूलाई समस्या पर्ने गरेको र पानीमा लुगा भिजाउँदै र लुगा फोहोर पारेर विद्यालयसम्म जानुपर्ने बाध्यता रहेको अभिभावकले सम्पत राजवंशीले बताए। 

जिल्ला प्रशासन कार्यालय मोरङमा कान्छाराम कन्ट्रक्सनका प्रमुखलाई बारम्बार बोलाएर समेत काम गर्नको लागि दबाब दिएता पनि कुनै सुनवाई नभएको मेयरले बताएका छन्। उनले भने अब १० गते नगरसभापछि आफूले उक्त ठेकेदारलाई काम दवाव दिने र यदि ठेक्केदारले काम नगरेमा नगरपालिका आफैंले रकमबाट १२ गतेपछि काम गर्ने प्रतिवध्दता मेयर बगडियाले जनाएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...