News Portal

कान्छाराम कन्ट्रक्सनको कारण सडक निर्माण कार्यमा ढिलाई, स्थानीयलाई सास्ती

रबिन्द्र बराल, मोरङ
४४७ पटक

असार-७, शुक्रबार/मोरङ – मोरङको रंगेलीदेखि गान्धि आश्रम हुदै पथरी जोडिने गान्धि सडक बिगत ५ बर्षदेखि सुस्त गतिमा सडक निर्माण कार्य हुदा बर्षौदेखि स्थानीयहरुले दुख भोग्न बाध्य रहेका छन।

रंगेली नगरपालिकाको ७ नम्बर वडास्थित भोटुवावु चोकदेखि रंगेली-६ स्थित सुनवर्षीको टकुवा सिमासम्मको सडक समयमै निर्माणकार्य सम्पन्न नहुदा स्थानीयले सास्ती भोग्न बाध्य रहेका छन। 

२०७६ कात्तिकमा नेपाल सरकारले १ अर्ब ५५ करोड ७३ लाखमा २५ किलोमिटर सडकमा कालोपत्रेको जिम्मेवारी लिएको कान्छाराम कन्सट्रक्सनले नालाको काम सम्पन्न गरेता पनि अन्य काम नगर्दा बर्षेको समयमा सडमा पानी जम्ने समस्या भएपछि स्थानीयहरुलाई आवतजावत गर्ने समस्या हुने गरेको स्थानीय सत्यनारायण साहले बताए।

उक्त सडक निर्माणका लागि भोटोबाबु चोकदेखि सुनवर्षीको बोर्डरसम्म नगरपालिकाले ५२ फिट सडक निर्माणका लागि सम्पूर्ण हटाएर पूर्ण रुपमा हटाएर खाली गराएता पनि ठेक्केदारको लापरबाहीका कारण कामले भने गति लिन सकेको छैन।

उक्त बाटोबाट आवतजावत गर्ने बढी मात्रामा विद्यार्थी तथा स-साना बालबालिकाहरूलाई समस्या पर्ने गरेको र पानीमा लुगा भिजाउँदै र लुगा फोहोर पारेर विद्यालयसम्म जानुपर्ने बाध्यता रहेको अभिभावकले सम्पत राजवंशीले बताए। 

जिल्ला प्रशासन कार्यालय मोरङमा कान्छाराम कन्ट्रक्सनका प्रमुखलाई बारम्बार बोलाएर समेत काम गर्नको लागि दबाब दिएता पनि कुनै सुनवाई नभएको मेयरले बताएका छन्। उनले भने अब १० गते नगरसभापछि आफूले उक्त ठेकेदारलाई काम दवाव दिने र यदि ठेक्केदारले काम नगरेमा नगरपालिका आफैंले रकमबाट १२ गतेपछि काम गर्ने प्रतिवध्दता मेयर बगडियाले जनाएका छन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...