News Portal

मोरङको रंगेलीमा लागूऔषध खैरो हिरोईन सहित दुई युवा पक्राउ

रबिन्द्र बराल, मोरङ
३४८ पटक

जेष्ठ-४, सोमबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीले पछिल्लो समयमा लागू औषध तथा ओसारपोसर गर्ने व्यक्तिहरुलाई धमाधम पक्राउ गर्ने थालेको  छ।

प्रहरीले भारतबाट लागूऔंषध ओसार पोसार गर्ने व्यक्तिहरुको पहिचान गरेर सिमा क्षेत्रमा सादा पोषाकमा प्रहरीहरु खटाएर धमाधम कारोबारी तथा सेवन कर्ताहरुलाई पक्राउ गर्ने सफल भएको छ ।  

प्रहरी निरीक्षक सन्तोष खड्काले दुई महिनाको अबधिमा रंगेली, सुनवर्षी र धनपालथान र अन्य स्थानका लागुऔंषध कारोवारी गर्ने ७ जना व्यक्तिहरुलाई पक्राउ गरेर उनीहरुलाई कार्वाही प्रक्रिया अगाडि बढाएको थियो । 

प्रहरीले सोमबार साँझमा रंगेली नगरपालिका ४ स्थित चोप्राहबाट छिमेकी राष्ट्र भारतबाट नेपालतर्फ आउदै गरेको दुई जना युवा पक्राउ परेका छन। पक्राउ पर्नेमा रंगेली ४ बस्ने वर्ष ३५ को भुवनेश्वर प्रसाद साह र वडा नं. ९ बस्ने वर्ष २५ को सागर यादवलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुका बाट लागू औषध खैरो हिरोईन जस्तो देखिने छत्तिस ग्राम पचास मिलिग्राम लिसाईलो पदार्थ सहित पक्राउ परेका छन ।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर समेतको संयुक्त प्रहरी टोलीले निजहरुलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिएका हुन्। 

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...