News Portal

डीपी बिलिभर्स स्कुलमा प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि सेमिनार सम्पन्न

विकास चाम्लिङ राई, धरान
१३५० पटक

असार-२, आइतबार/धरान – धरान ५ देउराली  स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि जनचेतना  सेमिनार सम्पन्न भएको छ ।

स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा-७ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुले सहभागिता जनाएको थियो। सेमीनारमा सहजकर्ताको रुपमा रहेका बिराट हेल्थ इंडस्ट्रीका स्वास्थ्य सहायकहरू: रानी कार्की,  स्वेता मल्लिक, स्नेह गुवजु र सुनिता पेश्कर्मले विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छताबारेमा जानकारी र अन्तरक्रिया गराएका थिए । 

उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा स्कुलका प्राचार्य संजीप बान्तवाले प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सामान्य र प्राकृतिक प्रक्रिया भएकोले यस सम्बन्धि समस्याहरुको बारेमा जानकारी दिन उक्त सेमिनारको आजोजना गरेको बताए । 

सेमिनारको दोस्रो सत्रमा सहभागी विद्यार्थी र शिक्षकहरुमा मनोरन्जनात्मक खेलमाको अयोजना गरि विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । स्कुलका सह-प्राचार्य कुर्मित लेप्चाले सेमिनारका बक्ताहरुलाई धन्यवाद साथै मायाको चिनो प्रदान गरेका थिए ।

तस्वीर: विकास चाम्लिङ राई, धरान

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...