News Portal

मोरङको रंगेलीमा महिलाहरुलाई आत्मानिर्भर सीप मुलक तालिम

रबिन्द्र बराल, मोरङ
४०४ पटक

असार-२,आईतबार/मोरङ – मोरङको रंगेली-६ स्थित रहेको गृह श्रमिक सृजनशिल महिला समाज नेपालले रंगेली नगरपालिका भित्रका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ १५ दिने तालिम सुरु गरेको छ ।

संस्थागत विकास र दिगोपन भन्ने मुल नाराका साथ रंगेली स्थित पब्लिक उच्च माध्यमिक बिधालयमा एक कार्यक्रमको उद्घाटन गर्दे स्थानीय महिलाहरुलाई दक्ष बनाउन सीप मुलक तालिम दिन सुरु गरेको छ ।  

गृह श्रमिक सृजनशिल महिला समाज नेपाल र टेवा धापा खेल संस्थाको सहयोगमा १५ दिने संस्थागत विकास र दिगोपनको लागि तालिम संचालन गरेको हो। उद्घाटन  कार्यक्रममा प्रमुख अथिति रंगेली नगरपालिककी उपमेयर भुमा पराजुली, विशिष्ट अतिथि वडा नम्वर-६ वडाअध्यक्ष  सुजित मण्डल, रंगेली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्का, पव्लिक बिधालयका प्रधानध्यापक अरविन कुमार साह, महिला समाज नेपालको अध्यक्ष शान्ता श्रेष्ठ, सचिव लक्ष्मी राय, कोषाध्यक्ष कविता नेपाल, वडासदस्य लगायतको सहभागीता रहेको  थियो। 

कार्यक्रम प्रशिक्षक गोपाल तामाङले बाँसको  चोया तथा जराबाट आधुनिक सजावटका सामग्री निर्माण गर्न सकिने र महिलाहरुले सीप सिकिरे उक्त सामाग्री बिक्री वितरण गरेर महिलाहरुलाई आत्मानिर्भर बनाउन ठुलो सहयोग हुने र आफुले समेत उक्त पेशा बिगत ३० वर्षदेखि सोही काम गरेर घर परिवार पालनपोषण गर्ने सहज समेत भएको प्रशिक्षण तामाङले बताए ।

अथितिहरुले महिलाहरुका लागि यस्तो कार्यक्रमले आत्मा बल बढाउन सहज हुने र घरमा मात्रै सिमित नभए र महिलाहरुले पनि पुरुष सरह काम गर्ने सकिने भएको हुनाले यस्तो कार्यक्रम गरेका आयोजकलाई धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...