जेष्ठ-३२, शुक्रबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ९ स्थित फर्सडांगी चोकदेखि दोमाना जाने सडक खण्डको समयमा मर्मत सम्भार नहुँदा अहिले उक्त सडकमा खाल्ला खुल्डी पर्ने थालेको छ।
फर्सडागीदेखि दोमानासम्म करिब ३ किलोमिटर सडक खण्ड रहेता पनि नगरपालिकाले समयमै मर्मत नगर्दा प्रत्येक आइतबार र बिहिबार दोमाना बजार किनमेल गर्नेजाने र व्यापार गर्ने जानेहरुले सो सडक खण्डबाट सास्ति भोग्दै आईरहेका छन।
स्थानीय व्यापारीहरुले प्रत्येक साताको दुई दिन मोटरसाइकल र साना गाडीहरुमा सामान लिएर जाँदा गाडि पल्टने र फस्ने डर हुने व्यापारी डम्बरवहादुर सुब्बाले बताए। सो सडकको विभिन्न स्थानमा खाल्डा खुल्डि भएपछि अहिले प्रत्येक आइतबार र बिहिबार दोमानामा व्यापार गर्दै आउने व्यापारी तथा स्थानीयहरुलाई आवतजावत गर्न समस्या एवम असहज भइरहेको व्यापारीहरु बताछन्।
स्थानीय सरकारले समयमै सो सडक मर्मत नगर्दा अब आउने बर्खायामा भने आवतजावत नै ठप्प हुने समेत व्यापारीहरुले बताएका छन। उक्त सडक निर्माण कार्यको ठेक्का लागेर विभिन्न स्थानमा कलभटको निर्माण कार्य सम्पन्न भएतापनि सडकमा भने कुनै पनि काम नभएपछि अहिले सो स्थान दिनप्रतिदिन बढिरहेको छ। सो विषयमा समयमै स्थानीय सरकारले ध्यान दिनु जरुरी देखिन्छ ।