News Portal

रङ्गेलीको तीन स्थानमा डिबोरिङ निर्माण कार्य अन्तिम चरणमा

रबिन्द्र बराल, मोरङ
३२५ पटक

जेष्ठ-३२, शुक्रबार – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली लगायत ३  स्थानमा डिबोरिङ काम तिव्र गतिमा  निर्माणकार्य भईरहेको छ ।

गत चारमहिना अगाडि हिमालमालीसंचारडटकम, एभिन्युज टेलिभिजन, सप्तकोसी टेलिभिजन तथा विभिन्न अनलाइनहरुमा डिबोरिङ अलपत्र खबर प्रसारण भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो। 

संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा  सिँचाई  जलस्रोत मन्त्रालय अन्तर्गत उक्त कामको सुरुवात गरेको थियो। नेपाल सरकारले ०७३/०७४ सालमा काम सुरु गरेता पनि  सरकारको ढिला सुष्तिका कारण सो क्षेत्रमा काम भने हुन सकेको थिएन। 

समचार सम्प्रेषण भएपछि रंगेली नगरपालिकाको ७ स्थित मुडा काली स्थान अगाडि, सखुवाथान र चोप्राहमा जेष्ठ २ गतेदेखि पाथिभरा डिप बोरिङ दमकले उक्त ३ स्थानको काम सुरु गरेको छ। 

तिनै स्थानमा ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गर्न बाध्य भएको नकुल पौडेलले जानकारी दिएका छन् । उक्त  बोरिङ संचालनमा आएमा सो क्षेत्रमा रहेको सयौ बिघा भन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिचाइ गर्ने सहज हुने स्थानीयले अंकुश मण्डलले बताए । 

डिबोरिङ निर्माणकार्यका समितिका अध्यक्ष मचिन्द्र कटुवालका अनुसार अहिले मुन्डाकालीमा निर्माणकार्य भएको डिबोरिङको काम द्रुत गतिमा भईरहेको र असार भित्रीमा उक्त डिबोरिङबाट कृषकको खेतिसम्म सिचाइका लागि पानी पुग्ने अपेक्षा रहेको र यस क्षेत्रका कृषकहरुलाई  सहजै रुपमा पानी खेतिमा लगाउन सहज हुने कटुवालले बताए । 

अहिले एक स्थान बराबर डिबोरिङ निर्माणकार्यका ६० लाख रुपैयाँ बराबरको लागतमा निर्माणकार्य समेत भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...