News Portal

रङ्गेलीको तीन स्थानमा डिबोरिङ निर्माण कार्य अन्तिम चरणमा

रबिन्द्र बराल, मोरङ
३१३ पटक

जेष्ठ-३२, शुक्रबार – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली लगायत ३  स्थानमा डिबोरिङ काम तिव्र गतिमा  निर्माणकार्य भईरहेको छ ।

गत चारमहिना अगाडि हिमालमालीसंचारडटकम, एभिन्युज टेलिभिजन, सप्तकोसी टेलिभिजन तथा विभिन्न अनलाइनहरुमा डिबोरिङ अलपत्र खबर प्रसारण भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो। 

संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा  सिँचाई  जलस्रोत मन्त्रालय अन्तर्गत उक्त कामको सुरुवात गरेको थियो। नेपाल सरकारले ०७३/०७४ सालमा काम सुरु गरेता पनि  सरकारको ढिला सुष्तिका कारण सो क्षेत्रमा काम भने हुन सकेको थिएन। 

समचार सम्प्रेषण भएपछि रंगेली नगरपालिकाको ७ स्थित मुडा काली स्थान अगाडि, सखुवाथान र चोप्राहमा जेष्ठ २ गतेदेखि पाथिभरा डिप बोरिङ दमकले उक्त ३ स्थानको काम सुरु गरेको छ। 

तिनै स्थानमा ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गर्न बाध्य भएको नकुल पौडेलले जानकारी दिएका छन् । उक्त  बोरिङ संचालनमा आएमा सो क्षेत्रमा रहेको सयौ बिघा भन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिचाइ गर्ने सहज हुने स्थानीयले अंकुश मण्डलले बताए । 

डिबोरिङ निर्माणकार्यका समितिका अध्यक्ष मचिन्द्र कटुवालका अनुसार अहिले मुन्डाकालीमा निर्माणकार्य भएको डिबोरिङको काम द्रुत गतिमा भईरहेको र असार भित्रीमा उक्त डिबोरिङबाट कृषकको खेतिसम्म सिचाइका लागि पानी पुग्ने अपेक्षा रहेको र यस क्षेत्रका कृषकहरुलाई  सहजै रुपमा पानी खेतिमा लगाउन सहज हुने कटुवालले बताए । 

अहिले एक स्थान बराबर डिबोरिङ निर्माणकार्यका ६० लाख रुपैयाँ बराबरको लागतमा निर्माणकार्य समेत भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...