News Portal

सुनचाँदी व्यवसायी संघ मकवनपुरद्धारा भन्सार दर वृद्वि खारेजीको माग

युवराज राई, हेटौंडा
३३१ पटक

जेठ-३२, शुक्रबार/हेटौंडा – मकवानपुर सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ  । संघले सुनको आयातमा गरिएको भन्सार वृद्विको निर्णय खारेज गर्ने सम्बन्धी भन्दै संघका अध्यक्ष पवनकुमार शाक्यद्वारा हस्ताक्षर गरिएको पत्र प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललाई ध्यानाकर्षण पत्र बुभाएको हो ।

बिहिबार ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष पवनकुमार शाक्य सहित संघका पदाअधिकारी व्यसायीहरु जिल्ला प्रशासन पुगेका हुन् । नेपाल सरकारबाट आ.व. २०८१ र ०८२ को भन्सार विधेयकमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको र मुलुक भरका सुनचाँदी पेशा व्यवसायी सँग प्रत्येक्ष रुपमा जोडिएको पत्रमा जनाइएको छ 

आ-आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसलाई जन्मदेखि मृत्युसम्म कुनै न कुनै रुपमा आवश्यक पर्ने सुन जस्तो महत्वपूर्ण वस्तुमा निरन्तर रुपमा भन्सार दर वृद्धि भएकोमा ध्यानाकर्षण गराइएको संघका अध्यक्ष शाक्यले बताए ।

प्रतिकृया दिनुहोस्

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...