News Portal

हेटौंडा अस्पतलालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा लैजान खोजियो गलत- तरुण दल

युवराज राई, हेटौंडा
२८७ पटक

जेठ-३२, शुक्रबार/हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालको अस्तित्व नमेटाउन भन्दै विभिन्न व्यक्तीदेखि राजनीतिदलहरुले आवाज उठाइरहेको छन् भने तरुण दलले विज्ञप्ति नै जारी गर्दै विरोध गरेक छ।

हेटौंडा अस्पतलालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा लैजान खोजिनु गलत हुन लागेको केही व्यक्ति र संस्थाको स्वार्थमा हेटौंडा अस्पतालको अस्तित्व मेटाउन लागिएको भन्दै आपत्ति जनाई रहेका हुन् ।

पछिल्लो समयमा षड्यन्त्रपूर्वक ढंगबाट ऐन जारी गरी सदाको लागि हेटौंडा अस्पताललाई संघीय कानूनको बर्खिलाप जाने गरी बागमती प्रदेश सरकारबाट अस्पतालको चल, अचल मानव संशाधन लगायतका सम्पूर्ण सम्पती कब्जामा लिने काम भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका नेता राजेश भेटवालले गएको आइताबार एक विज्ञप्ती जारी गरेको छन्।

नेपाल तरुण दल केन्द्रिय सदस्य भेटवालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा ऐनमा व्यवस्था गरेका विभिन्न दफाहरु संशोधन गरी निर्णय सच्चाउन र हेटौंडा अस्पताललाई हेटौंडा अस्पतालकै अस्तित्वको रुपमा कायम राख्न माग गरिएको छ । यता तरुण दल युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतले पनि हेटौंडा अस्पतालको अस्तित्व कायम राख्न माग सहितको बिहीबार विज्ञप्ति जारी गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय अधिकांसले स्वीकार गर्न नसक्ने ढङ्गबाट केही गलत प्रक्रिया सूरु भइसकेका कारण गलत प्रक्रिया रोक्नु आम नागरिको कर्तव्य नै भएकाले एउटा इतिहास नै बोकेको हेटौंडा अस्पतालको अस्तित्व मेटन खोज्नेहरु विरुद्ध नझुक्ने महतले बताए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...