News Portal

हेटौँडा उपमहानगरपालिकाले नगरका भित्रका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द

युवाराज राई, हेटौडा
२४५ पटक

जेठ-३१, बिहीबार/हेटौडा – नेपालको प्रदेश नं. १ भारत हुदै नेपालको पूर्वी भेगबाट मनसुन नेपाल प्रवेश गरेसंगै तराईका विभिन्न स्थानहरुमा अत्यधिक गर्मी बढेपछि हेटौँडा  उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

अत्यधिक गर्मीका कारण हिजो बुधबार सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी गराएको हो।

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण विद्यार्थीहरु एक्कासी बेहोस हुने, ढल्नेजस्ता समस्या देखिएपछि बिदा दिने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ। हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले पछि बिदा मिलान गर्ने गरी बिदा दिइएको बताए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...