News Portal

धरानमा बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थीलाई जर्सी प्रदान

विकास चाम्लिङ राई, धरान
७०० पटक

जोठ-२४, बिहीबार/धरान – धरान बास्केटवल संघले नौं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थीहरुलाई बिहीबार बास्केटवल जर्सी प्रदान गरेको छ ।

धरान-१६ स्थित इन्डोर बास्केटवल कोर्टमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ-१० गतेदेखि तिन हप्ते ट्रेनिङ्ग क्याम्प सम्पन्न भइरहेको छ । क्याम्पमा सहभागी ६५ जना विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको हो । 

उनीहरुलाई कार्यक्रमका प्रमूख अतिथि धरान उपमहानगर प्रमुख मेयर हर्कराज राई, धरान १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राई “प्रविण”, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल लगायतको हातबाट जर्सी हस्तान्तरण गरिएको थियो।

सहभागी विद्यार्थीहरुलाई प्रदेशका मूख्य प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा राष्ट्रिय खेलाडि डा. आशा राई, आस्था राई, चिरन्जिवी गिरी, युगल लिम्वु, निवा लिम्वु, पारुहाङ चेम्जोङ र साहिल श्रेष्ठले प्रशिक्षण गराइरहेको छ ।

बाह्र वर्ष अघिदेखि सुरुवात गरिएको नौं क्याम्पमा एसईई दिएर बसेका विद्यार्थी र बास्केटवल सिक्न चाहने विद्यार्थीहरुले सहभागिता जनाएको छ। बास्केटवल खेलाडि उत्पादन तथा व्यावसायीक रुपमा विकास गर्नका लागि ट्यालेन्ट हन्टको अयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सवेदिले जानकारी गराए । 

क्याम्पमा सहभागी एसईई दिएर बसेका उत्कृष्ट खेलाडिलाई संघले धरानको उत्कृष्ट कलेजमा छत्रवृतीका लागि सिफारिस गरि अवसर प्रदान गरिने सुवेदिले बताए। सुवेदिका अनुसार अहिलेसम्म एक सय भन्दा बढी विद्यार्थीले संघको सिफारिसमा छात्रवृतीमा अध्ययन गरिसकेको छ। 

कार्यक्रमका प्रमूख अतिथि मेयर साम्पाङले शिक्षा संगै अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेको बताए। शिक्षा र खेलकुद अपरिहार्य रहेको समेत उनले बताए । एकभारि कापिकिताब वोकाएर भन्दा पनि वालवालिकाको क्षमता र दक्षता हेरी त्यहि अनुरुप उनिहरुलाई शिक्षा दिनु पर्ने शिक्षा निीति प्रणाली बन्नु पर्ने उनले बताए ।टयालेन्ट हन्ट प्रशिक्षण क्याम्प असार पहिलो हप्तासम्म चल्ने छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...