News Portal

  • सुनसरीको धरानमा टप युनिभर्सल स्पोर्टस मिट सुरु

    विकास चाम्लिङ राई, धरान
    ३५२ पटक

    जेठ-२३, बुधबार/धरान – एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित टप युनिभर्सल एकेडेमिको वार्षिक स्पोर्टस मिट बुधवारदेखि धरानमा औपचारिक रुपमा सुरु भएको छ ।

    धरान-१६ स्थित इन्डोर बास्केटवल कोर्टमा वुधवार बास्केटवल खेलबाट उद्धघाटन गर्दै टप युनिभर्सल स्पोर्टस मिट २०८१ सुरु भएको हो। आयोजित कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको हातबाट रेफ्रिलाई बास्केटवल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।  

    बास्केटवल खेलमा महिलातर्फ टप युनिभर्सल सेतो टिम र पुरुषतर्फ टप युनिभर्सल ओरेन्ज टिम विजेता बनेको छ। महिलातर्फ सेतो टिमले ओरेन्ज टिमलाई २२–२ र पुरुषतर्फ ओरेन्ज टिमले सेतो टिमलाई ६–२ अंकको अन्तरले पराजित गरेको छ ।

    स्पोर्टस मिटमा टप युनिभर्सल एकेडेमिमा एसईई दिएर व्रिज कोर्ष गरिरहेको विद्यार्थीहरुले भाग लिएका छन्। एसईई दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समयलाई सदुपयोग गर्नका लागि आफ्नो विद्यार्थीहरुका लागि स्पोर्टस मिट अन्तर्गत अतिरिक्त क्रियाकलापको आयोजना गरिएको टप युनिभर्सलका एमडी प्रकाश लकान्द्रिले जानकारी गराए। 

    शिक्षा संगै अतिरिक्त क्रियाकलापको आयोजनाले विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रोत्साहन गर्नका लागि यसले मद्धत पुग्ने लकान्द्रिले जनाए । स्पोर्टस मिट अन्तर्गत यस अघि फुटसल, जुम्वा क्लास, पिटी क्लास, धरानको धार्मिक स्थलहरुमा हाइकिङ्ग कार्यक्रम सम्पन्न भइसकेको छ । जेष्ठ-२८ गतेसम्म सम्पन्न हुने मिटमा मिनि म्याराथुन, भलिवल, चिन्डे डाडा हाइकिङ्ग, साकेला नाच प्रदर्शन तथा प्रशिक्षण, सिङ्गिङ, डान्सिङ्ग, धरान इन्जिनियर क्याम्पस अवलोकन लगायत कार्यक्रम बाकी रहेको आयोजक टप युनिभर्सलले जानकारी गराएको छ ।

    धरान वाड नं. ९ स्थित पुतली लाइनमा रहेको टप युनिभर्सलमा व्रिज कोर्ष संगै पिसिएल इन्ट्रान्स क्लास एमविविएस, विडिएस, विएससि नर्सिङ, इन्जिनियर तयारी कक्षा आइएलटिएस, पिटिइ, जापानिज भाषा कक्षा संचालन हुने गर्दछ। बास्केटवल खेलमा धरान बास्केटवल संघले प्राविधिक सहयोग गरेका थिए ।
    फोटो फिचरः

    प्रतिकृया दिनुहोस्

    ९औं ट्यालेन्ट हन्ट सम्पन्न, इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव बस्नेतले गर्ने प्रतिवद्धता

    असार-१२, बुधबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९औं बास्केटवल ट्यालेन्ट...

    रंगेली नगरपालिकाको ७२ करोडको बजेट सार्वजनिक

    असार-११,मंगलबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौं नगरसभा   सोमबार सार्वजनिक गरेको छ। नगरले  आर्थिक...

    मोरङमा सशस्त्र प्रहरीद्वारा विद्यार्थीहरूलाई खुल्ला सिमानाको विषयमा अन्तरक्रिया सचेतना कार्यक्रम प्रदान

    असार-११,मंगलबार/मोरङ – शान्ति उद्वार, सुरक्षा सदा बराह रक्षित सुरक्षित सीमा सुरक्षित जीवन भन्ने मूल नाराका...

    अमेरिकी डलरको भाउ घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड ?

    काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको...

    युएइमा अन्तराष्ट्रिय सेफ सोसाइटी लगायदका संस्थाले तीन नेपालीलाई सम्मान गरे

    असार-१०, सोमबार/युएइ – वैदेशिक रोजगारीको सिलसिलामा युएईमा श्रमरत तीन जना नेपाली सम्मानित भएका छन्।आफ्नो मिहिनेत,...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal