News Portal

दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

विकास चाम्लिङ राई, धरान
५०५ पटक

बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा सेफिफाइनल प्रवश गरेका छन ।

आज बुधबार खेल समाप्ति भएपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। इमोर्टल अघिल्लो दिन नै सेमिफाइनल प्रवेश गरिसकेको छ। बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा युवा जागृतिले डिपो स्कुललाई ३७–२४, यलम्वरले मिराकललाई ५२–४६ र झापाले होलिल्याण्डलाई ५०–३५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन। 

डिपो विरुद्ध सहज जित निकालेका युवा जागृति र डिपो स्कुलको प्रत्येक क्वाटरमा १५–६, ७–४, ७–९ र ८–५ जेडेका थिए। प्रतिस्पर्धात्मक भएको दोस्रो क्वाटरफाइनलमा यलम्वर र मिराकलले प्रत्येक क्वाटरमा ९–१६, १२–९, १५–१३ र १६–८ अंक जोडे। त्यस्तै, अन्तिम क्वाटर फाइनल खेलमा झापा र होलिल्याण्डले १२–६, ११–६, १३ –११ र १४–९ अंक जोडेका थिए ।

बिहीबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल महिलातर्फ आइएसए नेपाल काठमाण्डौ विरुद्ध इमोर्टल क्लव धरान र दोस्रो सेमिफाइनल खेल धरान मेघा कलेज विरुद्ध रेड डेभिल्स विच प्रतिस्पर्धा हुने छ। त्यस्तै, पुरुषतर्फको पहिलो सेमिफाइनल खेल इमोर्टल विरुद्ध युवा जागृति र यलम्वर विरुद्ध झापा बास्केटवल संघ विच प्रतिस्पर्धा हुनेछ ।        

प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा भइरहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी जेष्ठ ४ गते हुने छ।

तस्वीर: विषेश गुरुङ

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...