News Portal

दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

विकास चाम्लिङ राई, धरान
५७७ पटक

बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा सेफिफाइनल प्रवश गरेका छन ।

आज बुधबार खेल समाप्ति भएपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। इमोर्टल अघिल्लो दिन नै सेमिफाइनल प्रवेश गरिसकेको छ। बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा युवा जागृतिले डिपो स्कुललाई ३७–२४, यलम्वरले मिराकललाई ५२–४६ र झापाले होलिल्याण्डलाई ५०–३५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन। 

डिपो विरुद्ध सहज जित निकालेका युवा जागृति र डिपो स्कुलको प्रत्येक क्वाटरमा १५–६, ७–४, ७–९ र ८–५ जेडेका थिए। प्रतिस्पर्धात्मक भएको दोस्रो क्वाटरफाइनलमा यलम्वर र मिराकलले प्रत्येक क्वाटरमा ९–१६, १२–९, १५–१३ र १६–८ अंक जोडे। त्यस्तै, अन्तिम क्वाटर फाइनल खेलमा झापा र होलिल्याण्डले १२–६, ११–६, १३ –११ र १४–९ अंक जोडेका थिए ।

बिहीबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल महिलातर्फ आइएसए नेपाल काठमाण्डौ विरुद्ध इमोर्टल क्लव धरान र दोस्रो सेमिफाइनल खेल धरान मेघा कलेज विरुद्ध रेड डेभिल्स विच प्रतिस्पर्धा हुने छ। त्यस्तै, पुरुषतर्फको पहिलो सेमिफाइनल खेल इमोर्टल विरुद्ध युवा जागृति र यलम्वर विरुद्ध झापा बास्केटवल संघ विच प्रतिस्पर्धा हुनेछ ।        

प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा भइरहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी जेष्ठ ४ गते हुने छ।

तस्वीर: विषेश गुरुङ

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...