News Portal

दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

विकास चाम्लिङ राई, धरान
७४९ पटक

जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छन ।

मंगलवार इमोर्टल र व्रदस विच भएको अत्यन्त्य प्रतिस्पर्धात्मक खेलमा इमोर्टलले ५९–५५ अंकको अन्तरले व्रदशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन। खेलमा इमोर्टल र व्रदसले प्रत्येक क्वाटरमा ११–१३, १२–१७, १७–११ र १९–१२ अंक जोडेका थिए ।

त्यस्तै, सोहि दिन भएको अन्य खेलमा डिपो क्याम्पस, मिराकल र यलम्वर जित निकाल्दै क्वाटर फाइनल प्रवेश गरेका छन। मंगलवार भएको खेलमा डिपोले युनाइटेड गोर्खालाई २९–२१, मिराकलले धरान १३ लाई ४९–१६ र यलम्वरले होराइजनलाई ५१–४७ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका हुन । 

खेलमा डिपो र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा ११–४, ४–४,३–४ र ११–६ अंक जोडेका थिए । दोस्रो खेलमा सहज जित निकालेका मिराकल र धरान १३ ले प्रत्येक क्वाटरमा ११–२, १०–६, १२–७ र १६–४ जोडेका थिए। त्यस्तै, प्रतिस्पर्धात्मक भएको तोस्रो खेलमा यलम्वर र होराइजनले प्रत्येक क्वाटरमा १८–१५, १४–१४, ९–९ र १०–९ अंक जोडेका थिए ।

बुधबार हुने क्वाटर फाइनल खेलमा डिपोले युवा जागृति, यलम्वरले मिराकल र झापाले होलिल्याण्ड संग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ भने सेमिफाइनल खेलको समिकरण यस अघि नै पुरा भइसकेको छ । महिलातर्फ धरान मेघा र रेड डेभिल्स र आइएसए नेपाल काठमाण्डौ र इमोर्टल विच फाइनलका लागि प्रतिश्पर्धा गर्नेछ । सेमिफाइनल खेल जेष्ठ ३ गते हुनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरु धरान-१६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा भइरहेको छ । प्रतियोगिता जेष्ठ ४ गतेसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...