News Portal

  • सोल्टी एक्स्प्रेस मर्टको मुख्य प्रायोजनमा १० मे मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    हिमालीसंचार संवाददाता
    ९६ पटक

    कुवेत- आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस मार्ट” को मुख्य प्रायोजनमा अन्तर नेपाली खुला फुटबल प्रतियोगिता हुने भएको छ। सोल्टी एक्स्प्रेस मार्ट नेपाली उत्पादनलाइ अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउँदै विदेशि मुद्र नेपाल भित्र्याउने उदेश्यका साथ भखरै मात्र कुवेतको माबुल्लाको ब्लक २ को रोड नं २३९ मा खुलेको छ। नेपाली ट्रेडिसनल खाने कुराहरु, र नेपालमै उत्पादन भएका नेपाली ब्रान्डहरुलाइ अन्तर्राष्ट्रिय वजरिकरण गर्ने उदेश्यले नेपाली व्यवासायिहरुले सो मार्ट खुलाएको हो।

    नेपाली मौलिक उत्पादनहरु जस्तै टिम्मुर, सिस्नु, च्याउ, गुन्द्रुक, सिन्की, फापरको पिठो, मकैको पिठो मकैको च्याँख्ला, अकबरे खुर्सानी, नेपालमा बनेको आँप, लप्सी, गुन्द्रुक, टिम्मुर, तामा, आदि बाट बनेको अचारका परिकारहरु तथा चाट मसाला, पानी पुरी र पानी पुरिका मसला, चटपटे मसाला, मो:मो मसला तथा सिजनल फलफुलहरु नेपालबाट सिधा कुवेत निर्यात गरि कुवेतको बजार सम्म सप्लाइ गर्ने उनिहरुको उदेश्य रहेको सोल्टी एक्स्प्रेस मार्ट्का सञ्चालक मनिष केसिले बताएका छन। सोल्टी एक्स्प्रेस मार्ट्ले भविस्यमा नेपाली पानी समेत कुवेतमा बेच्ने उदेश्य राखेको बताएका छन।

    उनले भने ” नेपालबाट नेपाली उत्पादनलाई कुवेतमा ल्याएर त्यसको बजारीकरण गर्नु त्यति सजिलो छैन, तर त्यो सबै प्रकृया पूरा गर्दै कुवेतमा रहेका नेपालिहरुलाइ नेपाली उत्पादन उपलब्ध गराउनु मात्र नभई कुवेतमा रहने आप्रवासीहरुलाइ समेत नेपाली उत्पादन चिनाउँदै उनिहरुलाइ नेपाली उत्पादन बेच्नका लागि यो मार्ट स्थपना भएको हो। नेपालबाट भन्सार गरेर समान पठाउन उसै पनि सहज छैन। झन नेपाली उत्पादन कुवेत ल्याएर कस्टोम क्लियरेन्स गरेर बजारमा बेच्नु फलामको चिउरा चपाउनु जस्तै हो।

    त्यस्को बाबजुद पनि कडा मिहेनत गरे त्यो सम्भव रहेकोले हामी लागि परेका छौं।” सोल्टी एक्स्प्रेस मार्ट्ले नेपालबाट नेपाली चिया, नेपाली कफि, मह, अर्गानिक घ्यु, जस्ता नेपाली उत्पादनहरुलाइ प्राथमिकताका साथ विदेश निर्यात गर्दै अन्तर्राष्ट्रिय वजारमा स्थापित हुने उदेश्य राखेको छ। यो रानाध्वोज लामा, दिलकुमार पाख्रीन, सुरज मास्के र मनिष केसिको बराबर स्वामित्वमा रहेको छ। सोल्टी एक्स्प्रेस मार्ट कुवेतमा भखर स्थापना भएको कारण कुवेतका सबै नेपालीहरु समक्ष पुग्न सकिरहेको छैन।

    फुटबल खेलको माध्यमद्वारा पनि केही थप नेपालिहरु समक्ष परिचय र वहाँहरु सम्म पुग्ने जमर्को गर्दै यो अन्तर नेपाली खुला फुटबल प्रतियोगितामा आयोजना गरेको हो। खेल १० मे शुक्रबारका दिन दिउँसो ठिक २:३० बजेबाट सुक सभा स्थित फुटबल मैदानमा सुरु हुनेछ। किरात यक्थुङ चुम्लुङ, नेपाल कुवेत सरोकार समाज, किरात राई यायोक्खा कुवेत, पुर्वेली टाइगर, मगर संघ कुवेत ग्रुप A बाट समावेस छन।

    भने ग्रुप B बाट धनकुटा फुटबल क्लव,न्यु गोर्खाली फुट्बल क्लव, नेपाल तामाङ घेदुङ, नुवाकोट धादिङ रसुवा समाज र गोर्खा वारिअर्स गरि जम्मा १० टिमले भाग लिएका छन। कुवेतमा हुने फुटबलका एक मात्र विजेताको उपाधी कायम राखिरहेका पुर्वेली टाइगरलाइ केही दिन पहिले मात्र NRNA कुवेतद्वरा आयोजित अन्तर नेपाली खुला फुटबल प्रतियोगितामा नुवाकोट धादिङ रसुवाले हराउँदै विजेताको उपाधी आफ्नो पोल्टोमा पारेको थियो।

    प्रतिकृया दिनुहोस्

    धरान रन एजुकेशन फन्डद्धारा शैक्षिक सामग्री प्रदान

    जेठ-६, आइतबार/धरान – धरान रन संस्थाले “धरान रन नेवा एजुकेशन फन्ड २०८१” अन्तरगत शनिवार १३...

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal