News Portal

मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

रबिन्द्र बराल, मोरङ
३०३ पटक

बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट प्रभावित परिवारहरूलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत स्वरुप विभिन्न सामग्रीहरू प्रदान गरेको छ ।

मटिहानी  नगरपालिका वडा नं ६ को कार्यालयमा आयोजित एक कार्यक्रममा आगलागीबाट पीडित १०३ परिवारहरूलाई कम्बल, थाल, कचौरा, सिरानी, सरसफाई किट, गिलास, चम्चा जस्ता  जिन्सी सामानहरु प्रदान गरिएको थियो । प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीको उपस्थितिमा संघकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्यालले उक्त राहत सामग्रीहरू वितरण गर्नुभएको थियो । 

कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी दीपेन्द्र शाह, संघकी मधेश प्रदेश अध्यक्ष प्राब्धा सिंह शाह, मटिहानी नगरपालिका उप प्रमुख मञ्जु देवी शाह , जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, संचारकर्मीहरु, मटिहानी नगरपालिकाका जनप्रतिनिधिहरु तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । 

सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले संघले विपतमा परेका नागरिकहरुलाई सक्दो मानवीय सहयोग गरिरहेको र त्यसैको निरन्तरता स्वरूप मटिहानीमा वैशाख १२ गते भएको आगलागीले प्रभावित भएका दाजुभाइ दिदीबहिनीहरुलाई थोरै भएपनि राहत दिने व्यवस्था मिलाइएको बताउनुभयो । 

उहाँले अग्निपीडित परिवारको लागि  संघको तर्फबाट थप सहयोग जुटाउने प्रयास पनि भइरहेको बताउनुभयो । अग्निपीडित परिवारका सदस्यहरूलाई सशस्त्र प्रहरी बल नं ९ गण हेडक्वार्टर , महोत्तरीका तर्फबाट बिहानको खानाको व्यवस्था गरिएको थियो । राहत वितरण पश्चात संघका पदाधिकारीहरुले आगलागी भएको स्थानमा पुगी आगलागी पीडित महिला तथा बालबालिकाहरुको अवस्थाको जानकारी लिएका थिए ।

वैशाख १२ गते दिउँसो १ बजेतिर अचानक लागेको आगोका कारण मटिहानी नगरपालिका ६ जलहरबामा रहेका १०३ वटा फुसका घरहरू पूर्ण रूपमा जलेका थिए । जिल्लास्थित सुरक्षा निकायका कर्मचारी, पालिकहरुका दमकल तथा स्थानीयहरूको पहलमा झण्डै चार घण्टापछि आगो नियन्त्रणमा आएको थियो । अग्नी पीडितहरुलाई विभिन्न संघ संस्था तथा पालिकाहरुले राहत वितरण गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...