News Portal

मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

रबिन्द्र बराल, मोरङ
२८९ पटक

बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट प्रभावित परिवारहरूलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत स्वरुप विभिन्न सामग्रीहरू प्रदान गरेको छ ।

मटिहानी  नगरपालिका वडा नं ६ को कार्यालयमा आयोजित एक कार्यक्रममा आगलागीबाट पीडित १०३ परिवारहरूलाई कम्बल, थाल, कचौरा, सिरानी, सरसफाई किट, गिलास, चम्चा जस्ता  जिन्सी सामानहरु प्रदान गरिएको थियो । प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीको उपस्थितिमा संघकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्यालले उक्त राहत सामग्रीहरू वितरण गर्नुभएको थियो । 

कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी दीपेन्द्र शाह, संघकी मधेश प्रदेश अध्यक्ष प्राब्धा सिंह शाह, मटिहानी नगरपालिका उप प्रमुख मञ्जु देवी शाह , जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, संचारकर्मीहरु, मटिहानी नगरपालिकाका जनप्रतिनिधिहरु तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । 

सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले संघले विपतमा परेका नागरिकहरुलाई सक्दो मानवीय सहयोग गरिरहेको र त्यसैको निरन्तरता स्वरूप मटिहानीमा वैशाख १२ गते भएको आगलागीले प्रभावित भएका दाजुभाइ दिदीबहिनीहरुलाई थोरै भएपनि राहत दिने व्यवस्था मिलाइएको बताउनुभयो । 

उहाँले अग्निपीडित परिवारको लागि  संघको तर्फबाट थप सहयोग जुटाउने प्रयास पनि भइरहेको बताउनुभयो । अग्निपीडित परिवारका सदस्यहरूलाई सशस्त्र प्रहरी बल नं ९ गण हेडक्वार्टर , महोत्तरीका तर्फबाट बिहानको खानाको व्यवस्था गरिएको थियो । राहत वितरण पश्चात संघका पदाधिकारीहरुले आगलागी भएको स्थानमा पुगी आगलागी पीडित महिला तथा बालबालिकाहरुको अवस्थाको जानकारी लिएका थिए ।

वैशाख १२ गते दिउँसो १ बजेतिर अचानक लागेको आगोका कारण मटिहानी नगरपालिका ६ जलहरबामा रहेका १०३ वटा फुसका घरहरू पूर्ण रूपमा जलेका थिए । जिल्लास्थित सुरक्षा निकायका कर्मचारी, पालिकहरुका दमकल तथा स्थानीयहरूको पहलमा झण्डै चार घण्टापछि आगो नियन्त्रणमा आएको थियो । अग्नी पीडितहरुलाई विभिन्न संघ संस्था तथा पालिकाहरुले राहत वितरण गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...