News Portal

  • रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    रबिन्द्र बराल, मोरङ
    ३४५ पटक

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित स्थानीयहरुको आवास निमार्णाका लागि नगरपालिकाले १० दिन भित्र घर निर्माण कार्य सुरु गर्ने भएको छ।

    नगरपालिकामा शुक्रबार बसेको विपत व्यवस्थापन समितिको बैठकबाट घर निर्माणका लागि सम्पुर्ण प्रक्रिया पूरा भईसकेको र धर निर्माण सुरु हुने समितिले जनाएको छ । 

    अग्नि पिडित प्रभावित नीजि आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ अनुसार  अग्नि पिडितले क्षति पुगेका नीजि आवास प्रबलीकरण/पुनर्निर्माण/पुनर्स्थापनाका नगरपालिकाले आफ्नो काम काजहरुलाई अगाडि बडाएको हो।  

    कार्यविधिको दफा ३ बमोजिम लाभग्राही पहिचान गर्ने र पिडित परिवारका लागि घर निर्माणको  कार्यविधिको अनुसूचि १ बमोजिम विपद् प्रभावित नीजि आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान वितरण लगत संकलन गर्ने काम सम्पन्न भएको छ ।

    उक्त स्थानमा २३  घर निर्माण कार्य गर्ने भनिएता पनि आवश्यक छानबिन गर्ने क्रममा एकजनाको पक्कि  घर भेटिएपछि अब उक्त स्थानमा २२ जनाको घर बन्ने भएको हो। पिडित परिवारका लागि घर निर्माणकार्य संघीय सरकारबाट ३ लाख ५५ हजार, प्रदेशबाट ३० प्रतिशत र स्थानीय स्तरबाट १५ प्रतिशत रकम प्राप्त भएको छ । पिडित परिवारका लागि प्रति घर ६ लाख ५५ हजार रुपैयाँ बराबरबाट घर निर्माणकार्य हुने भएको छ । 

    घरमा निर्माणका लागि हेमिडेन्स संस्था, लुथरन समाज लगायत अन्य संघसंस्थाको सहयोगमा दुई  कोठा, एउटा किचन र टुवेल सहितको संरचना निर्माण कार्य हुने भएको छ। पिडित परिवारका लागि घर नीजि जग्गामा निर्माणकार्य हुने भएको हो।

    घर निर्माणका लागि अग्नि पीडितका महिलाहरूलाई उपभोक्ता समिति समेत गठन गरेर प्रक्रिया अगाडि बढाइएको छ।  पिडितहरु दुई समूहमा बिभाजन गरेर उपभोक्ता समिति गठन गरिएको नगरपालिकाले जनाएको छ।   

    पिडित परिवारको बस्तीको घर निर्माणका लागि नगरपालिकाले सञ्चालन गरेको क्युआर कोडबाट हालसम्म  ६ लाख १५ हजार  हालसम्म जम्मा भएको छ। अन्य दाताहरुले समेत रकम पठाउने कार्य भइरहेको नगरपालिकाले जनाएको छ। विपद व्यवस्थापन समितिको बैठकमा रङ्गली नगरपालिकाका मेयर दिलिप बलगडिया, उपमेयर भूमा पराजुली, कार्यकारी अधिकृत ओमकार न्यौपाने, इलाका प्रहरी कार्यालयका रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं, सशस्त्र बेसका रङ्गेलीका प्रहरी निरीक्षक प्रहरीका राजु श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।

    अग्नि पीडितलाई असार भित्रमा घरभित्रमा टिनको छानो भित्र राखिने र दशैंसम्ममा पुर्ण रुपमा निर्मित घर हस्तान्तरण गर्ने समेत रङ्गेली नगरपालिका मेयर बगडियाले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...