बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको रहत भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। साना किसान विकास लघु वित्तीय संस्था लिमिटेडको सहयोग तथा सदभाव बचत तथा ऋण सहकारी संस्था को आयोजनामा एक दिने साक्षरता तालिम सम्पन्न भएको हाे ।
तालिम को मूल उद्देश्य बालबालिका लाई बचत, ऋण , शेयर बजार, सम्पति शुद्धिकरण आदि जस्ता विषयमा ज्ञान दिने बिषयमा विशेष कार्यक्रम गरिएको थियोे । उक्त कार्यक्रममा SEE र ११कक्षा १२ का विद्यार्थी र स्नातक तह अध्ययनरत विद्यार्थीहरु को सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि रंगेली नपा वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मंण्डल, अतिथि सेवा निवृत शिक्षक श्यामलाल शर्मा संस्थाका विभिन्न समितिका प्रतिनिधिहरु कर्मचारीहरु प्रशिक्षार्थीहरु गरी करीब ४५ जनाको उपस्थिति रहेको कुरा संस्थाका अध्यक्ष ई. कमलेश्वर ठाकुर ले बताए ।