News Portal

हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

युवा राई, हेटौडा
७१३ पटक

बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६ स्थित स्थानीयले एक जोडी भ्यागुताको विवाह सम्पन्न गराएका छन्।

आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको बैदिक परम्परा अनुसार विवाह गराएका हुन्। इन्द्र भगवाको पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए। विवाहमा वडाअध्यक्ष रामकृष्ण कोइराला समेत उपस्थित थिए।

पानी नपर्दा गर्मी र वनमा डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडाअध्यक्ष कोइरालाले जानकारी दिए। ‘विदेशमा बादल बनाएर पानी पार्छन्। हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ’कोइरालाले भने पहिले पहिले भ्यागुताको विवाह गर्‍यो भन्ने पानी पर्छ भन्ने प्रचलन थियो। सोही परम्परा अनुसार यहाँ भ्यागुताको विवाह सम्पन्न गरेका हौ।

भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना सहभागी रहेका थिए। हेटौँडा-१६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पञ्चे बाजा सहित भ्यागुताको विवाह सम्पन्न गरिएको हो।

स्थानीय महिलाको टोलीले पञ्चेबाजा बजाउनुका साथै नाचगान समेत गरेका थिए। भ्यागुताको विवाह गरेपछि अब पानी पर्छ भन्ने स्थानीयको अपेक्षा रहेको छ। ग्रामीण क्षेत्रमा अहिले पनि पानी पार्नका लागि भ्यागुताको विवाह गराउने, जलधारा गर्ने लगायतका कार्य हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...