News Portal

मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

नगरबासीले मागे, नगर प्रमुखको राजीनामा!

रबिन्द्र बराल, मोरङ
२३१ पटक

बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न  सामाजिक अभियानकर्ताहरूले गरिब तथा अतिविपन्न परिवारका लागि दिएको खाद्यान्न वितरण नगरेर खाल्डोमा गाडेपछि आज स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका छन। 

नगरबासीको आवाज भष्ट्रचारीलाई कारबाही “नागरिक संघर्ष समिति रतुवामाई नगरपालिका, मोरङ भ्रष्टचार विरुद्धको नागरिक अभियान सुरु गरेको हो । अख्तियार आयोगको टोली आउने भएपछि गए राती नगर प्रमुख उपप्रमुख लगायतका अन्य टोलीले केही दिन अगाडि रतुवा खोलाको बगरमा उत्खनन गरिएको ठाउँमा पुनःउत्खनन गर्न गएपछि रातको समय पनि स्थानीयले उक्त ठाउँमा उत्खनन गर्न रोकेका थिए।

आज बुधबार बिहानैदेखि सम्पूर्ण नगरवासीहरुले नगरपालिकामा घेराबन्दी गर्दै ताराबन्दी समेत गरेका छन्। स्थानीयहरूले प्ले कार्डमा नगर प्रमुख राजीनामा दे! भ्रष्टाचार प्रतिनिधि मुर्दामाद! जस्ता नारा समेत लेखेर नारावाजी गरेका थिए। 

स्थानीयहरुले ज्ञापनपत्रमा कोरोना कालमा विभिन्न व्यक्तिहरुबाट साथै राज्यबाट सहयोग स्वरुप नगरमा बुझाएको नगद तथा जिन्सि राहत विवरण समेतको सम्पूर्ण विवरण सार्वजनिक गर्न विशेष माग गरेका छन्।

अनुदानमा आएको म्याद विनाको जैविक मल तथा विउविजन जनतालाई वितरण नगरी विदाको दिन पारेर रतुवा बगरमा पुरिएको बारेमा प्रष्ट पार्नुपर्ने माग राख्दै नगरपालिकामा नारावाजी गरेका हुन्। राहत सामाग्री कुन मितिमा गाडिएको र गाडिनु पर्ने कारण समेत स्थानीयले माग गरेका छन् । 

उक्त खाल्डोमा मुसुरी दाल, चामल रासायनिक मल, विभिन्न सागसब्जीका बिउबिजन र औषधिसमेत फेला परेको थियो। खाल्डोमा गाडिएको बिउबिजन भने सुरक्षित रहेको हुनाले कृषकहरूले बिउबिजन देखेपछि आक्रोसित भएका थिए।उनीहरुले भने आफूहरुले बिउभिजन नगरपालिका लिनजाँदा विभिन्न बहाना बनाउने गरेको गुनासो समेत गरेका छन्। तर, यसरी खोलाको किनारमा ल्याएर गाडेको देखेपछि स्थानीय कृषकहरु आक्रोसुत भएका हुन्। 

जनप्रतिनिधिहरुले कृषकहरूलाई आएको अनुदानसमेत यसरी खोलाको बगरमा गाडिएको प्रति आपत्ति जनाएका थिअ। नगर प्रमुख नागेश्वर प्रसाद सिंह गनगाईले सो कुरा आफूलाई अबगत नभएको प्रतिक्रिया दिदै पन्छिएका थिए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...