News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    नगरबासीले मागे, नगर प्रमुखको राजीनामा!

    रबिन्द्र बराल, मोरङ
    १६५ पटक

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न  सामाजिक अभियानकर्ताहरूले गरिब तथा अतिविपन्न परिवारका लागि दिएको खाद्यान्न वितरण नगरेर खाल्डोमा गाडेपछि आज स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका छन। 

    नगरबासीको आवाज भष्ट्रचारीलाई कारबाही “नागरिक संघर्ष समिति रतुवामाई नगरपालिका, मोरङ भ्रष्टचार विरुद्धको नागरिक अभियान सुरु गरेको हो । अख्तियार आयोगको टोली आउने भएपछि गए राती नगर प्रमुख उपप्रमुख लगायतका अन्य टोलीले केही दिन अगाडि रतुवा खोलाको बगरमा उत्खनन गरिएको ठाउँमा पुनःउत्खनन गर्न गएपछि रातको समय पनि स्थानीयले उक्त ठाउँमा उत्खनन गर्न रोकेका थिए।

    आज बुधबार बिहानैदेखि सम्पूर्ण नगरवासीहरुले नगरपालिकामा घेराबन्दी गर्दै ताराबन्दी समेत गरेका छन्। स्थानीयहरूले प्ले कार्डमा नगर प्रमुख राजीनामा दे! भ्रष्टाचार प्रतिनिधि मुर्दामाद! जस्ता नारा समेत लेखेर नारावाजी गरेका थिए। 

    स्थानीयहरुले ज्ञापनपत्रमा कोरोना कालमा विभिन्न व्यक्तिहरुबाट साथै राज्यबाट सहयोग स्वरुप नगरमा बुझाएको नगद तथा जिन्सि राहत विवरण समेतको सम्पूर्ण विवरण सार्वजनिक गर्न विशेष माग गरेका छन्।

    अनुदानमा आएको म्याद विनाको जैविक मल तथा विउविजन जनतालाई वितरण नगरी विदाको दिन पारेर रतुवा बगरमा पुरिएको बारेमा प्रष्ट पार्नुपर्ने माग राख्दै नगरपालिकामा नारावाजी गरेका हुन्। राहत सामाग्री कुन मितिमा गाडिएको र गाडिनु पर्ने कारण समेत स्थानीयले माग गरेका छन् । 

    उक्त खाल्डोमा मुसुरी दाल, चामल रासायनिक मल, विभिन्न सागसब्जीका बिउबिजन र औषधिसमेत फेला परेको थियो। खाल्डोमा गाडिएको बिउबिजन भने सुरक्षित रहेको हुनाले कृषकहरूले बिउबिजन देखेपछि आक्रोसित भएका थिए।उनीहरुले भने आफूहरुले बिउभिजन नगरपालिका लिनजाँदा विभिन्न बहाना बनाउने गरेको गुनासो समेत गरेका छन्। तर, यसरी खोलाको किनारमा ल्याएर गाडेको देखेपछि स्थानीय कृषकहरु आक्रोसुत भएका हुन्। 

    जनप्रतिनिधिहरुले कृषकहरूलाई आएको अनुदानसमेत यसरी खोलाको बगरमा गाडिएको प्रति आपत्ति जनाएका थिअ। नगर प्रमुख नागेश्वर प्रसाद सिंह गनगाईले सो कुरा आफूलाई अबगत नभएको प्रतिक्रिया दिदै पन्छिएका थिए।

    प्रतिकृया दिनुहोस्

    पूर्व अध्यक्षहरू सहभागी नभएको ‘एनआरएनए कन्क्लेभ’, प्रधानमन्त्री ओलीद्वारा अदालतको मानमर्दन

    काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ...

    पोखरामा यौन व्यवसाय संचालनको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ, ५ महिला उद्धार

    पोखरा, वैशाख ३१ – पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकमा सञ्चालित एक रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाका...

    मखनटोल आगलागी: उपप्रमुख सुनिता डंगोलको स्थलगत अनुगमन, ग्यास कम्पनी र डिलरमा पनि निगरानी बढाउने तयारी

    काठमाडौं, वैशाख ३१ – काठमाडौं महानगरपालिका–२४ स्थित मखनटोलमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट क्षति पुगेका...

    परराष्ट्रले सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

    काठमाडौं, वैशाख ३१ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको मिति सार्न...

    नव-निर्वाचित एनआरएनए कार्यसमितिद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं, वैशाख ३१ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नव-निर्वाचित कार्यसमितिले परराष्ट्रमन्त्री डा. आरजु...