News Portal

युएइको अबुधाबीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

रामप्रसाद ढुंगेल, दुबई
७८० पटक

बैशाख-८, शनिबार/युएइ –  गैर-आवासीय नेपाली संघ युएइ शाखाको अग्रसरतामा युएइको राजधानी अबुधाबीमा आज एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अबुधाबी स्थित अहेलिया अस्पतालको प्राविधिक सहयोगमा एनआरएनए युएइले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

युएइको अबुधाबीको हमदान स्टृट स्थित अल अहालिया हस्पिटलमा सञ्चालन भएको स्वास्थ्य शिविरमा करिब ५० जनाले स्वास्थ्य लाभ लिएको अहेलिया अस्पतालकी जनसम्पर्क अधिकारी प्रज्ञा घिमिरेले जानकारी दिईन् ।

भिजिट भिजामा आएका, ईमिरेट्स आईडी र स्वास्थ्य विमा नभएका २० वर्षदेखि ६५ वर्षसम्मका बिरामीहरुले नि:शुल्क स्वास्थ्य सेवा लिएको घिमिरेले बताईन् ।

नि:शुल्क स्वास्थ्य शिविरमा अहेलिया अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने एनआरएनएका तर्फबाट उपाध्यक्षद्वय सोनम श्रेष्ठ र फडिन्द्र ढकालले सहजीकरण गरेका थिए । 

आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण, ब्लड प्रेसर, सुगर लगायत जनरल फिजिसियनले आवश्यक स्वास्थ्य सल्लाह दिएका थिए।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...