News Portal

मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

रबिन्द्र बराल, मोरङ
२४२ पटक

बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न  सामाजिक अभियानकर्ताहरूले गरिब तथा अति वित्पन्न परिवारका लागि दिएका खाद्यान्न सामग्रीहरु वितरणका लागि नगरपालिकालाई दिएको खाधन्न सामाग्री पुरेको हो।

खाद्यान्न समाग्रीहरु नगरले वितरण नगरेर वर्षौंदेखि नगरपालिको होदमामा थन्काएर राखेका थिए। सो खाद्यान्न सामग्री कुहिए गन्ध आउन थालेपछि नगरले कुनै पनि प्रकृया नपुऱ्याई आफुखुशी सार्वजनिक विदाको दिन खोलीको किनारमा जेसिविको प्रयोग गरेर खाल्डो खनेर पुरेको उच्च स्रोतले बतायो।

स्रोतका अनुसार उक्त राहत सामग्री एक महिना भन्दा अगाडि  लगेर गाडिएको समेत जानकारी दिएका छन्। उक्त खाद्यान्न सामग्रीहरु पूर्ण रुपमा कुहिएको मात्रै रहेको भेटिएको छ। कोरोना कालको समयमा कोरोनाको समयमा समाजसेवी बरबहादुर बस्नेत लगायत अन्य धेरै दाताहरुले नगरपालिकालाई एकद्वार प्रणालीद्वारा राहत सामग्री वितरण गर्न दिएता पनि नगरपालिकाको गोदाममा थन्काएर राखेपछि उनीहरुले कुहिएको र बिग्रिन थालेपछि खोलाको किनारमा गाडिएको अवस्थामा भेटिएको स्थानीयले बताए।  

नगरपालिकाले खोलाको किनारमा डेर महिना अगाडि लगेर खाल्डो खनेर गाडेको खाद्यान्नको बिषयमा  स्थानीयको सूचना प्राप्त भएपछि उक्त ठाउँमा स्थलगत रिपोर्ट गर्ने क्रममा उक्त खाल्डोमा मुसुरीको दाल, चामल, रासायनिक मल, विभिन्न सागसब्जीका  बिउबिजन समेत गरेको ठाउँबाट उत्खनन गरी निकालिएको थियो। 

उत्खनन गरेर निकालेका अधिकांश सामग्रीहरू कुएर नष्ट भइसकेको थियो। बिउबिजन भने सुरक्षित रहेको हुनाले कृषकहरूले बिउबिजन देखेपछि आक्रोसित समेत भएका हिमादेवी थापाका अनुसार आफूहरुले बिउभिजन लिनजाँदा विभिन्न बहाना बनाउने तर यसरी खोलाको किनारमा ल्याएर गाडेको आरोप लगाएकी छन ।  

जनप्रतिनिधिहरुले कृषकहरूलाई अनुदानमा आएको मल खाद्यान्न समेत खाल्डो खनेर गाडिएको प्रति  स्थानीय टंकप्रसाद मैनालीले नगरले यस्तो ठुलो गल्ति गरेको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...