News Portal

  • मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    रबिन्द्र बराल, मोरङ
    १३९ पटक

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको विवाहमा दाईजोको रुपमा सिटिसफारी उपहार दिएर उदाहरणीय कार्य गरेका छन्।

    पछिल्लो समयमा मण्डल, साह, यादव, पासवान, ऋषिदेव लगायत अन्य समुदायमा रहेका आफ्नो छोरीहरुको विवाह गर्नका लागि निकै ठुलो झनराशी-खर्चको व्यवस्था गर्नु पर्ने हुन्थ्यो। आर्थिक अबस्था राम्रो नभएकै कारण उक्त समुदायको छोरीहरुको अहिलेसम्म पनि विवाह हुन सकेको छैन । 

    उक्त समुदायमा छोरीको विवाह गर्नेका लागि बेहुलालाई दाईजो रुपमा १० बर्ष  अगाडि साईकल दिने प्रचलन रहेको थियो। तर, केही बर्षदेखि बेहुलाले दाईजोको रुपमा छोरीपक्षको आर्थिक अवस्थाको कुनै ख्याल नै नगरी मोटरसाइकल माग गर्ने चलन चल्यो। बेहुलाको घरमा समेत साँझ बिहान हातमुख जोड्न   समस्या भएता पनि उनीहरुलाई विवाहमा दाईजोको रुपमा मोटरसाइकल माग गर्ने परम्परा जस्तै थियो। 

    पछिल्लो समय यो समुदायमा विवाह नै नगर्ने चलन बढ्दै गईरहेको छ। मोरङको रंगेली-९ वनकोलका पवन ऋषिदेवले आफ्नो छोरी कञ्चन कुमारी ऋषिदेवको विवाह विराटनगर-४ निवासी खारजी बस्ने सुनिल कुमार ऋषिदेवसंग ६ गते धुमधामका साथ गरिदिए। 

    उक्त परिवारले दाईजोको रुपमा बेहुला पक्षले मोटरसाइकलको माग गरेता पनि पवनका परिवारले दाईजोमा सिटिसफारी दिएका हुन। पवनले भने मोटरसाइकल दिँदा त्यसमा लाग्ने ईन्धन, लाईन्सन र मर्मत खर्चको व्यवस्थापन गर्ने समस्या हुने र दुर्घटना हुदा शरिरमा समेत अङ्गभङ्ग भएमा छोरीको समेत पालनपोषणमा समस्या हुने भएपछि आफूहरुले सिटिसफारी दिएको पवनले बताए । 

    सिटिसफारी दाईजो दिदा आफ्नो पेशा व्यवसाय गरेर  छोरीको पालनपोषणमा समेत कुनै समस्या नहुने भएपछि आफुहरुले सिटिसफारी दिएको पवनले बताए। स्थानीय कुमार गौतमका अनुसार दाइजोको रूपमा मोटरसाइकल दिँदा पछिल्लो समय विकृति  भएको र उक्त मोटरसाइकल पाएपछि सवारी चालकहरुले समेत तीनजना चढाउने दुर्घटना हुने भएका कारणले यो समुदायले यसरी उदाहरण काम गरेकोमा उनले सो परिवारलाई धन्यवाद समेत दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    महिलातर्फ धरान मेघा र आइएसए र पुरुषतर्फ यलम्वर र इमोर्टल उपाधिका लागि भिड्ने (फोटो फिचर)

    जेठ-३, बिहीबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा महिलातर्फ धरान मेघा कलेज र...

    मोरङको रंगेली स्थित आमतोलामा भिषण आगलागी, ठुलो धनराशीको क्षती

    जेष्ठ-३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-३ स्थित आमतोला चोक नजिकैमा रहेको फर्निचर र ग्यारेजमा गए...

    मोरङको रंगेली स्थित भेडुवाथानको रिटेरिङ वाल भत्कियो

    जेष्ठ-३, बिहीबार/मोरङ –  मोरङको रङ्गेली डाँइनिया सडक खण्ड अन्तर्गत  सुनबर्षी नगरपालिका-९  स्थित भेडुवा थान नजिकै...

    प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे

    काठमाडौँ। एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षी दललाई जिस्क्याएर वा होच्याएर संसद् चल्न...

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal