News Portal

मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

रबिन्द्र बराल, मोरङ
७९३ पटक

बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते घरदैलो अभियान संचालन गरेको छ।

स्थानीय स्तरका “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मुल नाराका साथ विधालयले भर्ना अभियान संचालन गरेको जनाएको छ। 

बाल कक्षा देखि कक्षा ९ सम्म भर्ना अभियान सुरु गरिएको छ। बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरु, शिक्षक-शिक्षिकाहरु तथा कर्मचारीहरुले स्थायको घर-घरमा पुगेर बिधालय जाने तथा नजाने २ बर्ष देखिका बालबालिकाहरुका अभिभावकहरुलाई सम्झाई बुझाई बिधालय पठाउन आग्रह गरेका छन। 

नेपाल सरकारले कुनै पनि बालबालिका बिधालय जानबाट बन्चित गर्न नहुन भन्दै यस्तो अभियान संचालन गरेको छ। विस २०४१ सालमा स्थापना भएको बिधालयमा हाल ४ सय ६८ जाना बिधार्थीहरुले अध्ययन अध्यापन गरिरहेका बिधालयका प्रधानाध्यापक विश्वर सिंह मेवाहाङले बताए । 

बिधालयले यो शैक्षिक शत्र-बर्षदेखि बाल कक्षा र १ कक्षामा अङ्‌ग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने समेत जानकारी गराएका छन। विद्यार्थी भर्ना गर्नु हाम्रो सामाजिक दायित्व हो। आउनुहोस् आदरणीय अभिभावक ज्यूहरु “हामी सबै मिलेर प्रण गरौं!” सामुदायिक शिक्षामा सवलीकरण गरौं भन्दै आफूहरुले दुई दिने घरदैलो अभियान संचालन गरिएको प्राध्यापक विश्वर सिंह मेवाहाङले हिमालीसंचारडटकमसंग बताए ।

तस्वीरः रबिन्द्र बराल, मोरङ

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...