News Portal

मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

रबिन्द्र बराल, मोरङ
३९९ पटक

बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको रुपमा  रहेको श्री काली मन्दिरमा चैते दशैको महानवमी (राम नमवी) दिन विराटनगरको काली मन्दिरबाट रंगेली स्थित प्राचिन काली मन्दिरमा पैदल निशान यात्रा  ल्याएर चढाएको छ।

गत कार्तिक मिहनाको बिजया दशमीको महानवमीको  दिन निशान चढाउँदै आइरहेको भएता पनी यो वर्षदेखि भने चैत्र दशैंको राम नावमीका दिन समेत निशानी  चढाउन सुरु गरिएको छ। विराटनगरदेखि करिब २२ किलोमिटर टाढाबाट यस बर्ष पैदल यात्रा गरेर निशान  (ध्वजा) लिएर राजेश बगडीया, मिली बगडिया किसन गोयल, सुलभ अग्रवाल लगायत १० जना भक्तजनहरुले यस बर्षको राम नवमीमा पहिलो पटक निशास चढाएको समिति सदस्य राजेश शर्माले बताए।  

बुधबार बिहानै ४ बजे निसान बोकेर १० बजे बिहानै  रंगेलीमा निशान चढाएको अग्रवालले बताए। राणा कालमा उक्त काली मन्दिर सदरमुकाम सार्ने बेलामा राणाहरुले कालीको मुर्ति लानका लागि चार ओटा हात्तिको प्रगोग गरेको भए पनि उक्त मुर्ति उखालेर लैजान नसकेपछि राणाहरुले विराटनगरमा नयाँ  कालीको मुर्ति स्थापना गरेको स्थानीय अग्रजहरुले बताउँ छन्।    

उक्त मन्दिर बनाउने क्रममा कालीको मुर्तिलाई उक्त स्थानबाट अलिकति अग्लो गर्ने प्रयास गर्दा समेत सो स्थानमा सर्पहरु निस्कन थालेपछि पुनः सोहि स्थानमा नै मुर्ति राखिएको स्थानीय जानकारहरुले बताउछन् ।अहिले पनि सो मन्दिरमा राणाहरुले दिएको गजुर, घण्टी, एक सय आठ वटा दियो मन्दिर ब्यवस्थापन  समितिले अहिलेसम्म सुरक्षित राखेको छ। 

स्थानीय राजेश बगडियाका अनुसार यो वर्ष चैत्र महानवमीको दिन आफूहरूले अपरझट कार्यक्रम आयोजना गर्नु परेको हुनाले भक्तजनहरुलाई सो विषयमा जानकारी गराउन नसकेको बताउछन्। आगामी बर्षहरूमा यसलाई अझै भव्यताका साथ कार्यक्रममा सफल पार्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...