News Portal

मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

रबिन्द्र बराल, मोरङ
३८४ पटक

बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको रुपमा  रहेको श्री काली मन्दिरमा चैते दशैको महानवमी (राम नमवी) दिन विराटनगरको काली मन्दिरबाट रंगेली स्थित प्राचिन काली मन्दिरमा पैदल निशान यात्रा  ल्याएर चढाएको छ।

गत कार्तिक मिहनाको बिजया दशमीको महानवमीको  दिन निशान चढाउँदै आइरहेको भएता पनी यो वर्षदेखि भने चैत्र दशैंको राम नावमीका दिन समेत निशानी  चढाउन सुरु गरिएको छ। विराटनगरदेखि करिब २२ किलोमिटर टाढाबाट यस बर्ष पैदल यात्रा गरेर निशान  (ध्वजा) लिएर राजेश बगडीया, मिली बगडिया किसन गोयल, सुलभ अग्रवाल लगायत १० जना भक्तजनहरुले यस बर्षको राम नवमीमा पहिलो पटक निशास चढाएको समिति सदस्य राजेश शर्माले बताए।  

बुधबार बिहानै ४ बजे निसान बोकेर १० बजे बिहानै  रंगेलीमा निशान चढाएको अग्रवालले बताए। राणा कालमा उक्त काली मन्दिर सदरमुकाम सार्ने बेलामा राणाहरुले कालीको मुर्ति लानका लागि चार ओटा हात्तिको प्रगोग गरेको भए पनि उक्त मुर्ति उखालेर लैजान नसकेपछि राणाहरुले विराटनगरमा नयाँ  कालीको मुर्ति स्थापना गरेको स्थानीय अग्रजहरुले बताउँ छन्।    

उक्त मन्दिर बनाउने क्रममा कालीको मुर्तिलाई उक्त स्थानबाट अलिकति अग्लो गर्ने प्रयास गर्दा समेत सो स्थानमा सर्पहरु निस्कन थालेपछि पुनः सोहि स्थानमा नै मुर्ति राखिएको स्थानीय जानकारहरुले बताउछन् ।अहिले पनि सो मन्दिरमा राणाहरुले दिएको गजुर, घण्टी, एक सय आठ वटा दियो मन्दिर ब्यवस्थापन  समितिले अहिलेसम्म सुरक्षित राखेको छ। 

स्थानीय राजेश बगडियाका अनुसार यो वर्ष चैत्र महानवमीको दिन आफूहरूले अपरझट कार्यक्रम आयोजना गर्नु परेको हुनाले भक्तजनहरुलाई सो विषयमा जानकारी गराउन नसकेको बताउछन्। आगामी बर्षहरूमा यसलाई अझै भव्यताका साथ कार्यक्रममा सफल पार्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...