News Portal

लायन्स जगत गुरुङद्धारा श्री मावि धरानलाई पंखा सहयोग

विकास चाम्लिङ राई, धरान
२८१ पटक

बैशाख-५, बुधबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरका पूर्वअध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगत बहादुर गुरुङद्धारा धरान १७ स्थित श्री माध्यमिक विद्यालयलाई-१२ थान पंखा सहयोग गरेका छन ।

गुरुङले आफ्नो दिवंगत श्रीमति प्रेमकुमारी गुरुङको स्मृतिमा मंगलबार विद्यालयमा नै पुगेर पंखा सहयोग सामग्री हस्तान्तरण गरेका थिए। गुरुङले करिब २५ हजार रुपैया बराबरको पंखा सहयोग सामग्री जगतबहादुर गुरुङ, उनको छोरी लायन्स लिडर रेखा गुरुङ र निवर्तमान डिस्ट्रिक गभर्नर लायन्स धिरज गुरुङले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मदन राईलाई हस्तान्तरण गरेका थिए । 

उनले हरेक वर्ष आफ्नो स्वर्गिए श्रीमतिको नाममा सामाजिक कार्य गर्दै आइरहेको जगतबहादुर गुरुङले आयोजित उक्त कार्यक्रममा बताए। धरानमा गर्मी मौसम सुरु भए संगै कक्षा कोठामा विद्यार्थीका लागि पंखाको अभाव भएको विद्यालयले केहि दिन अघि लायन्स क्लवलाई जानकारी गराएको रहेछ।

छोरी रेखाबाट उक्त कुरो थाह पाएपछि यो पटक आफ्नो श्रीमतिको स्मृतिमा यस विद्यालयलाई पंखा सहयोग गरेको गुरुङले जानकारी गराए । विद्यालयलाई पंखा सहयोग गर्न पाउदा खुशी भएको गुरुङले बताए। धरान-१० पुतली लाइन निवासी पूर्व बिट्रिस सैनिक समेत रहेका गुरुङले हाल बेलायत बस्दै आइरहेको छन् ।

धरान- १७ क्षितिज टोल स्थित श्री मावि धरानमा नर्सरीदेखि कक्षा-१० सम्म संचालन रहेको छ। केहि दिन अघि लायन्स क्लवले विद्यालयका विद्यार्थीहरुलाई एक हजार थान कापी र कलम समेत हस्तान्तरण गरेको थियो। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, विद्यालयका प्रधानध्यापक रवी भुजेल, लायन्स टंक गुरुङ, लायन्स उमा ताम्रकार लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...