News Portal

मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

रबिन्द्र बराल, मोरङ
२६५ पटक

बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने कटुन खोलामा ठेकेदारको लापरवाहीका कारण अझै पुन सम्पन्न हुन सकेको छैन।

उक्त पुन निर्माणका लागि विस ०७५ सालमा पक्की पुल निर्माणका लागि स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्शन जनकपुरले ३ करोड ३७ लाख रुपैयामा २५ मिटर लामो पुल निर्माण गर्ने ठेक्का पाएका थिए। 

उक्त पुल निर्माणका लागि विस ०७७ साल असारसम्ममा पुल निर्माण सम्पन गरिसक्नु पर्ने सम्झौता भएता पनि अझै पुल निर्माण हुन सकेको छैन। पुल निर्माणका लागि सम्झौता भएको ५ बर्ष विति सक्दा समेत अझै उक्त पुल सम्पन्न हुन सकेको छैन। 

उक्त पुलको निर्माण कार्य सम्पन्न नहुदा अधिकारी चोकदेखि पूर्व सौठा बजारसम्मको यात्राका लागि समस्य भइरहेको स्थानीयको गुनासो रहेको छ। स्थानीयका विधालयका प्रिन्सिपल विश्वनाथ रायका अनुसार बालबच्चाहरुलाई स्कुल आवतजावतमा ठुलो समस्य भइरहेको बताए। 

उक्त ठाउँमा पुरानो पुल हुँदाहुँदै नयाँ पुल निर्माण गर्ने भनेपछि पुरानो पुललाई समेत भत्काएपछि विगत पाँच वर्षदेखि बर्खाको समयमा स्थानीयले सास्ति भोग्दै आइरहेका छन्। उक्त स्थानमा डाइब्रेसन सडक समेत अहिले खाल्डा खुल्डि भएपछि सिटी सवारी समेत चलाउन समस्या परेको चालक ईन्द्र महतले बताए।

उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य विजय भएका  ऋषिकेश पोखरेल र प्रदेश सभासद गणेश उप्रेतीले  चुनाव जितेता पनि उनीहरुले समेत पुलको निर्माणको लागि कुनै पहल नगरेको र मेयर-उपमेयरहरुले समेत  पुल निर्माणका लागि कुनै पहल नगरेको पुष्पराज डाँगीले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...