News Portal

मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

रबिन्द्र बराल, मोरङ
२५२ पटक

बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने कटुन खोलामा ठेकेदारको लापरवाहीका कारण अझै पुन सम्पन्न हुन सकेको छैन।

उक्त पुन निर्माणका लागि विस ०७५ सालमा पक्की पुल निर्माणका लागि स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्शन जनकपुरले ३ करोड ३७ लाख रुपैयामा २५ मिटर लामो पुल निर्माण गर्ने ठेक्का पाएका थिए। 

उक्त पुल निर्माणका लागि विस ०७७ साल असारसम्ममा पुल निर्माण सम्पन गरिसक्नु पर्ने सम्झौता भएता पनि अझै पुल निर्माण हुन सकेको छैन। पुल निर्माणका लागि सम्झौता भएको ५ बर्ष विति सक्दा समेत अझै उक्त पुल सम्पन्न हुन सकेको छैन। 

उक्त पुलको निर्माण कार्य सम्पन्न नहुदा अधिकारी चोकदेखि पूर्व सौठा बजारसम्मको यात्राका लागि समस्य भइरहेको स्थानीयको गुनासो रहेको छ। स्थानीयका विधालयका प्रिन्सिपल विश्वनाथ रायका अनुसार बालबच्चाहरुलाई स्कुल आवतजावतमा ठुलो समस्य भइरहेको बताए। 

उक्त ठाउँमा पुरानो पुल हुँदाहुँदै नयाँ पुल निर्माण गर्ने भनेपछि पुरानो पुललाई समेत भत्काएपछि विगत पाँच वर्षदेखि बर्खाको समयमा स्थानीयले सास्ति भोग्दै आइरहेका छन्। उक्त स्थानमा डाइब्रेसन सडक समेत अहिले खाल्डा खुल्डि भएपछि सिटी सवारी समेत चलाउन समस्या परेको चालक ईन्द्र महतले बताए।

उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य विजय भएका  ऋषिकेश पोखरेल र प्रदेश सभासद गणेश उप्रेतीले  चुनाव जितेता पनि उनीहरुले समेत पुलको निर्माणको लागि कुनै पहल नगरेको र मेयर-उपमेयरहरुले समेत  पुल निर्माणका लागि कुनै पहल नगरेको पुष्पराज डाँगीले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...