News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनवर्षी महाराज ग्रामथान संरक्षण र धार्मिक तथा पर्यटकीय मेला सुरु

    रविन्द्र बराल
    ३११ पटक
    २०८१ बैशाख १ गते शनिबार

    मोरङ्ग। मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन बर्षाेदेखि मेला तथा विशेष पुजाआजा भएको छ। सुनवर्सि थान मंन्दिरमा विशेष पुजाआजा हुनुका साथै मेला भर्ने भक्तजनहरुकाे समेत उल्लेख्य हरुकाे सहभागीता रहेको थियोे।

    प्रत्येक बर्ष बैशाख १ गतेका दिन तराईका विभिन्न देवि देवताहरु बासस्थान रहेकाे ठाउँमा झकिझकाउ बनाएर सुनवर्सि महारज थानमा विशेष गरेर आफ्नो मनाेकामना पूरा भएपछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने चलन समेत रहेको छ।

    तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताकाे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन।

    सुनवर्सिबाट वैशाखभरि माेरङकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलनसमेत रहेको छ। उक्त मेलामा पूर्वी तराईको झापा, मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन्।

    सुनवर्षी महारजाको ग्राम पूजाअर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको समितिकाे भएता पनि रतुवामाई नगरपालिकाले साे मंन्दिरलाई बेवास्ता समेत गरेको वडाअध्यक्ष कुमार बुडाथाेकीले बताए।

    ५० वर्षअगाडिदेखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ। तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ।

    सुनवर्षी महाराज ग्रामथान संरक्षण र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको र यसमा प्रदेश सरकारले समेत महत्त्वपूर्णका साथ हेर्नुपर्ने कुरामा जाेड दिनुपर्ने बुडाथाेकीले बताए।

    यसको संरक्षण र विकास नै हाम्रो चासो रहेको र सबै पक्षले आ-आफ्नाे ठाउँबाट लागि परे साे ठाउँको बिकास गर्ने सहज हुने र सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा राम्रो हुने बुडाथाेकीले बताए।

    प्रतिकृया दिनुहोस्

    पहिले साइकलबाट लडाएर खुट्टा भाँचिदिएका काकालाई यसपटक ढुंगा प्रहार गरी हत्या

    दाङ, चैत्र २५ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ गुनापुरमा आइतबार राति एक वृद्धको रहस्यमय मृत्युको...

    रास्वपाले सभापति लामिछानेको गिरफ्तारीमाथि आपत्ति जनाउँदै मानवअधिकार आयोग जाने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा...

    सुनको मूल्यमा लगातार गिरावट, चाँदीको भाउमा वृद्धि

    नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। गत शुक्रबारदेखि घट्न थालेको सुनको...

    राप्रपाको विरोध प्रदर्शन बल्खुमा हुने, प्रशासनको निषेधपछि विकल्प रोजियो

    काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा...

    रवि लामिछाने प्रकरण : थुनामा पठाउन उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा

    बुटवल, चैत्र २५ – सुप्रिम बचत तथा सहकारी संस्था घोटाला प्रकरणमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र...