News Portal

रंगेली-कानेपोखरी स्थित गेउरीया पुलको निर्माण कार्यले गति लियो

रबिन्द्र बराल, मोरङ
३५७ पटक

चैत्र-३०, शुक्रबार/मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्डअन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको बारेमा बेलाबखत निक्कै चर्चाको बिषय बन्दै आएता पनि अहिले भने सो पुलको दायाँ-बायाँ किनारमा माटो भर्न थालिएको छ। 

केही दिन अगाडि मात्रै उक्त पुलको निरीक्षणका लागि अख्तियार आयोग र सडक विभागबाट अनुगमनका लागि टोली आएको थियो। टोलीले काम सुचारु गर्ने निर्देशन समेत दिएको थियो। पुलमा रेलिङ, र पुलको उत्तर र दक्षिणतर्फको ढलानको काम समेत बाँकी नै रहेको हुनाले अहिले पनि उक्त पुल सञ्चालनमा नआउने स्थानीय महेश टुडुले बताए ।  

फिचर एण्ड सराउद्धिन जेवीका प्रमुख सराउद्विन जेवीका प्रमुख सराउद्घिन अनसारीका अनुसार बैशाख भित्रमा उक्त पुल निर्माण कार्य सम्पन्न गरेर यातायात सुचारु गर्ने बताएका छन्।  

पुलको निर्माणकार्य २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेवीले ठेक्का १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक्का पाएको थियो। उक्त पुल निर्माणका लागि नौ वर्ष बितिसक्दा समेत १५ मिटरको पुल निर्माण कार्य सम्पन्न हुन नसकेको हो। 

ठेक्केदारको लापरबाहीका कारण समय अबधिमा पुल निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनीलाई किन सडक विभागका प्रमुखहरुको ध्यानाकर्षण नहुदा स्थानीयले बर्षौदेखि सास्ति भोग्न बाध्य भएका छन।

दैनिक उक्त सडकबाट सयौं संख्यमा सवारीसाधनहरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीय खुशिले हर्षित भएका थिए। तर, अहिले पुलको उत्तर दक्षिणमा अहिले माटो हाल्ने काम धमाधम भइरहेको छ। 

माटोको काम सुरु भएतापनि स्थानीयले भने उक्त पुल निर्माण कार्य नहुने बताउँदै आएका छन्। नौ वर्षको अवधिमा उक्त स्थानमा पाँच जनाभन्दा बढीले ज्यान गुमाउनु परेको थियो। सयौं जना घाइते समेत भएका स्थानीयले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...