News Portal

सडक दुर्घटनामा परी सात नेपाली मजदुरको मृत्य

उनीहरु भेरी अञ्चलको भएको पुष्टि!

रबिन्द्र बराल, मोरङ
४९० पटक

चैत्र-२८, मंगलबार/मोरङ – भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित भारतीय सवारी चालकतो मृत्यु भएको छ।

बेतालघाटका प्रहरीका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन्।

दुर्घटना स्थालमा मृतकहरुको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट प्रहरीले जनाएको। घटनास्थल वरपर नेपालीहरू सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे। उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै पिकअप भेन सडकदेखि तल झरेको बताइएको छ।

पिकअप भेन सडकबाट करिब डेढ सय मिटर तल खसेको जनाइएको छ। खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा जीप दुर्घटनामा परेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...