News Portal

बर्दिवासमा भन्सार छलेर ल्याउदै गरेको प्याज सशस्त्र प्रहरीकाे नियन्त्रणमा

रबिन्द्र बराल, मोरङ
४६० पटक

चैत्र-२७,मंगलबार/मोरङ – सशस्त्र प्रहरी बल, नेपाल गौरीडाँडा चेकपोइन्ट बर्दिबासबाट खटिएको प्रहरीले चेकपोइन्टमा प्रहरी टोलीले भन्सार छली ल्याउँदै गरेको ४३ बोरा प्याज सहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ।

गौशालाबाट बर्दिवासतर्फ आइरहेको ना १ ज ७९०३ नम्बरको बोलेरो पिकअपलाई बर्दिवासमा चोक चेकजाँच गर्ने क्रममा गाडीमा रहेको प्याजको भन्सार तिरेको रसिद र अन्य विलबिजक माग्दा चालकले पुरानो मितिको कागज देखाएपछि उक्त समान भन्सार छली ल्याइएको पत्ता लागेको हो।

चेकोपोईन्ट टोलीले थप सोधपुछ गर्न खोज्दा चालकले गाडी तथा सामान छोडी भागेको सशस्त्र प्रहरी बलले जनाएको छ। भन्सार छलीको प्याज र गाडीको एघार लाख मूल्य कायम गरी जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका डिएसपी विकास अधिकारीले बताए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...