News Portal

विनोद कुमार नेपाली बने पाँचौं मिस्टर कोशी

विकास चाम्लिङ राई, धरान
४२७ पटक

चैत्र-२५, आइतबार/धरान – एलाइनेट जिमको २१औं प्रस्तुति अन्तरगत शनिबार आयोजित पाँचौं मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस क्लब धरानका विनोद कुमार नेपालीले चुमेको छ।

नेपाली ६५ केजी तौल समुहका विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए। उनले उपाधि संगै नगद एक लाख १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र ५० हजार रुपैया बराबरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन्। मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन्। 

त्यस्तै, उपविजेता धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान, तेस्रो न्युट्री हब तरहराका प्रदिप महतो, चौथो एनिटाइम्स फिटनेसका उमेश राई र पाँचौं झुनाज फिटनेसका उत्सव लिम्बु भए। उनीहरुले क्रमशः दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाँचौंले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

व्यक्तिगत विद्यातर्फ वेस्ट पोजर उपाधि धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान, मोस्ट इम्प्रुभमेन्ट भिजन फिटनेसका विनोद कुमार नेपाली, मस्कुलर म्यान फ्लेक्स फिटनेस केरावारीका डेविड राई र वेस्ट टिम उपाधि विजेता भिजन फिटेनेस घोषित भए। उनीहरुले जनही नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश माननीय विजयकुमार राई, कार्यक्रमका सभाध्यक्ष एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बु, धरान १८ न. वडाध्यक्ष प्रविण राई, धरान ८ न. वडाध्यक्ष धनवहादुर राई, एसपी भिम दाहाल, युवा नेता ऋषिराज राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजित कार्यक्रम धरान-१३ स्थित कभर्डहलमा आयोजित प्रतियोगितामा ५५ केजी तौल समुहबाट ५ जना, ६० केजीबाट ६ जना, ६५ केजीबाट ५ जना, ७० केजी र ७५ केजीबाट ३÷३ जना गरेर २२ जना प्रतिस्पर्धी खेलाडीहरुले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय विजयकुमार राईले पानसमा द्धिप प्रज्वलन गरेर उद्धाटन गरेका थिए। आयोजित प्रतियोगिताको मुख्य जजको रुपमा शिव मुखिया र सहयोगी जजहरुमा हरी धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो। 

कार्यक्रममा गरिमा डान्स सेन्टरका कलाकारहरुले मिठो नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई थप मनोरंजन दिलाएका थिए। कार्यक्रम संचालन संचारकर्मी मेरिना तुम्साले गरेका थिए ।

तस्वीरः विकास चाम्लिङ राई, धरान 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...