News Portal

एलाइनेट जिमको २१औं प्रस्तुति, पाँचौं मिस्टर कोशी उपाधिका लागि शनिबार २२ प्रतिस्पर्धी भिड्ने

विकास चाम्लिङ राई, धरान
२७१ पटक

चैत्र-२३, शुक्रबार/धरान – एलाइनेट जिमको आयोजनामा यहि चैत्र-२४ गते शनिबार हुन लागेको   पाँचौं मिस्टर कोशी शारीरिक शुगठन प्रतियोगिताको प्रि-जज राउण्ड सम्पन्न भएको छ।

धरान- १३ अमरहाट स्थित कर्भडहलमा शुक्रबार सम्पन्न प्रि-जज राउण्डबाट ५५ केजी तौल समुहबाट ५ जना, ६० केजी समुहबाट ६ जना, ६५ केजी समुहबाट ५ जना, ७० केजी र ७५ केजी समुहबाट ३÷३ जना प्रतिस्पर्धी खेलाडीहरु फाइनल चरणका लागि छनौट भएका छन । उनीहरुले शनिबार हुने लागेको फाइनल चरणको खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल चरणम सबै तौल समुहबाट २२ जना प्रतिस्पर्धा खेलाडिहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका विजेताले नगद एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र ५० हजार रुपैया बराबरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गर्ने छ। मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन। यसै गरी क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। 

प्रतियोगिताका व्यक्तिगत विद्यातर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट, मस्कुलर म्यान र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एलाइनेट जिमका विक्रम लिम्वुले जानकारी गराए ।

आयोजित प्रतियोगितामा धरान, तरहरा, पथरी, केरावारी, इनरुवा र विराटनगरका खेलाडिहरुको सहभागिता रहेको छ। प्रि-जज राउण्डमा मुख्य जजको रुपमा शिव मुखिया र सहयोगी जजहरुमा हरी धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । 

आयोजित प्रतियोगिता धरान-१३ अमरहाट स्थित कभर्डहलमा हुने छ। गत साल सम्पन्न चौथो मिस्टर कोशीको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरीले चुमेका थिए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...