News Portal

दुबै मृगौला पिडीत संगीत सर्जक नवराम राईलाई आर्थिक सहयोग

विकास चाम्लिङ राई, धरान
२९० पटक

चैत्र-१८, आइकबार/धरान – “गुराँसको फेदमुनि सम्झनाको छायाँ” जस्ता चर्चित गीतका सर्जक नवराम राईको उपचारका लागि युवा व्यवसायी भूवन याक्खाले नगद ३० हजार आर्थिक सहयोग गरेका छन् । 

सुनसरी धरानका सर्जक राईको दुइ वटा मृगौलाले काम गर्न छाडेपछि आफ्नै निवासमा थलिएका गायक, संगीतकार तथा गीतकार राईको उपचारमा आर्थिक अभाव भएपछि मृगौला पिडीत राईलाई युवा नेता, व्यवसायी तथा सर्ट  मुभी “निको नहुने रोग”का निर्माता तथा अभिनेता याक्खाले आर्थिक सहयोग गरेका हुन्। केही समय अघि च्यारिटी सो मार्फत प्रदर्शित “निको नहुने रोग” प्रदर्शनबाट उठेको केही रकमबाट सर्जक राईलाई आर्थिक सहयोग गरिएको हो।

कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, धरान वडा नम्बर १८ का अध्यक्ष प्रविण राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई, उसु खेलका प्रशिक्षक राजेन्द्र राई सहितको उपस्थितिमा याक्खाले सर्जक राईलाई नगद हस्तान्तरण गरेका थिए । 

धरान ११ रिटिङका स्थायीवासी राई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका छन्। उनले हप्ताको दुइपटक डाइलाइसिस गर्दै आइरहेका राईको पछिल्लो रिपोर्ट अनुसार मृगौलामा पथरिया (स्टोन) समेत देखा परेको छ । 

सर्जक राईले सहयोग ग्रहण गर्दै राईले पछिल्लो समय आफ्नो स्वास्थ्यमा केही सुधार आइरहेको बताए। देश विदेशबाट साथ सहयोग र सद्भाव पाइरहेको बताए।  उनका अनुसार नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सबैको माया र आर्थिक सहयोगले पुनर्जिवन पाएर संगीत कर्ममा फर्किन सक्छु भन्ने विश्वास पलाएको राईले बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...