News Portal

शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न आदेश

हिमाली संचार संवाददाता
४७२ पटक

काठमाडौँ –  सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुतिलय दिन माग गर्दै सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा छुट पाउनुपर्ने माग निवेदनमा गरिएको छ ।

यसअघि सर्वोच्च अदाललते ७५ वर्ष पूरा भएपछि विदेशी नागरिकको हकमा पनि छुट दिन सकिने आदेश जारी गरेको थियो । सोही आदेशअनुसार शोभराजले पनि छुट पाउनुपर्ने माग गरिएको छ ।

शोभराजले २०६० असोज २ देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...