News Portal

मोरङको रत्न माध्यमिक बिधालय रंजनीमा एसईई परीक्षा अमऱ्यादित

रबिन्द्र बराल, मोरङ
५०९ पटक

चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्तिथ रत्न माध्यमिक बिधालयको परिक्षामा बिधार्थीहरुले परिक्षा हल भित्र अमऱ्यादित  ढङ्गबाट परीक्षा दिई रहेको पाईएको छ।

एसईई संचालित बिधालयमा बालदुत ईङ्लिस बोर्डिङ स्कुल, न्यु स्टार बोक्डिङ स्कुल, पब्लिक उच्च माध्यमिक बिधालय, जनता माध्यमिक बिधालय, महालक्ष्मि माध्यमिक बिधालय र पार्वती माध्यमिक बिधालयका १ सय ८४ जना  परिक्षार्थीहरुले एसईई परीक्षा दिइ रहेका छन्।  

शिक्षा शाखाका अधिकृत रबिन्द्र पण्डितका अनुसार; उक्त बिधालयले परीक्षा संचालन हुनु भन्दा एक दिन अगाडि सम्धित बिधालयका प्राध्यापकहरुलाई बोलाएर मिटिङ समेत गरेको बिधालयका प्राध्यापक  प्रदिप न्यौपाने बताए। परीक्षाको कार्यविधिमा भने बिधालयका प्रधानाध्यापकहरुलाई बोलाएर मिटिङ राख्ने कुनै विधानमा उल्लेख नभएको तर बिधालयका प्रधानाध्यापकले आफू खुसी मिटिङ राखेको बुझिएको छ। 

सो बिषयमा सम्पर्क गर्दा न्यौपानेले भने आफूहरुले बिगतका दिनहरुमा समेत यस्तो मिटिङ राखेको स्वीकार गरेका छन। मोरङको रङ्गेली नगरपालिकाको शिक्षा अधिकृत रविन्द्र पण्डितका अनुसार प्रधानाध्यापकले परीक्षा सञ्चालनको कार्यविधिलाई अटेर गरेर मिटिङ बोलाएको समेत उनले बताएका छन्। 

शिक्षा अधिकृत पण्डितका अनुसार आफूहरू पनि अनुगमनमा गएको समयमा विद्यालयमा परीक्षार्थीहरूले अमऱ्यादित ढङ्गबाट परीक्षा दिइरहेको भेटेपछि आफूले सो कक्षाको गार्डलाई समेत यस्तो काम नगर्नलाई सुझाव दिएको समेत उनले बताए। 

शिक्षा अधिकृत पण्डितका अनुसार आफूलाई पनि सो विद्यालयबाट अमऱ्यादित तरिकाले परीक्षा सञ्चालन भएको जानकारी पाएको समेत उनले बताएका छन ।  रङ्गेली नगरपालिकामा-३ वटा बिधालयहरुमा परीक्षा एसईई संचालन भईरहेको भएता पनि आदर्श माध्यमिक विद्यालय र पब्लिक माध्यमिक विद्यालय केन्द्र अध्यक्षहरूले सो विद्यालयहरूमा अमऱ्यादित ढङ्गबाट परीक्षा सञ्चालन गरिरहेको  बुझिएको छ। अहिले रंगेली नगरपालिकामा  एसईईको परीक्षामा ५ सय ३० जना बिधार्थीहरुले एसईई परीक्षा दिई रहेका छन ।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...