News Portal

  • मोरङमा सहकारी दिवसको अबसरमा मोटरसाइकल ऱ्याली

    रबिन्द्र बराल, मोरङ
    २११ पटक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल नाराका साथ ६७औं  राष्ट्रिय सहकारी दिवसको अवसरमा रंगेलीमा मोटरसाइकल ऱ्याली सम्पन्न भएको छ। 

    मोरङको रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका र सुनबर्षी नगरपालिका भित्र रहेका सहकारीहरूको सदस्य तथा संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा रङ्गेली-३ बेतौनादेखि सुरु भएको  ऱ्याली  रङ्गेलीको मुख्य बजार, बसपार्क हुँदै झपरतलमा  पुगेर कोणसभामा परिणत भएको थियो।   मोटरसाइकल ऱ्यालीमा ई-कमलेश्वर ठाकुर ठाकुरको संयोजकत्वमा ऱ्याली समापन भएको थियो ।  

    उक्त ऱ्यालीमा १५० जना सहकारीकर्मीहरुले  मोटरसाइकल  र्‍यालीमा  सहभागिता जनाएको थियो।   नेपालमा विगत ६७ वर्षदेखि सहकारी अभियानमा  राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको छ। राष्ट्रिय सहकारी दिवसले यतिबेला अभियानभित्र रौनकता समेत छाएको छ। २०१३ चैत्र-२० गते देशव्यापी रुपमा ६७औं राष्ट्रिय सहकारी दिवस मनाइँदै आइरहेको छ । 

    सहकारी दिवसको पूर्वसन्ध्यामा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सम्पूर्ण संघ संस्थाहरुले यतिवेला विविध सामाजिक कृयाकलापहरुको आयोजना गरेर  कार्यक्रममा ऐक्यवद्धता समेत जनाउदै आइरहेका छन्।  

    आज भन्दा करिब ६७ वर्ष अघि अर्थात् २०१३ साल चैत्र-२० गते चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको छ। 

    सो कार्यक्रममा मोरङको धनपालथान गाउपालिका, रंगेली नगरपालिका र सुनवर्षी गाउँपालिकाको करिब तीन सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो। मोटरसाइकल ऱ्यालीका संयोजक एवं सदभाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...