News Portal

मोरङमा सहकारी दिवसको अबसरमा मोटरसाइकल ऱ्याली

रबिन्द्र बराल, मोरङ
२५२ पटक

चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल नाराका साथ ६७औं  राष्ट्रिय सहकारी दिवसको अवसरमा रंगेलीमा मोटरसाइकल ऱ्याली सम्पन्न भएको छ। 

मोरङको रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका र सुनबर्षी नगरपालिका भित्र रहेका सहकारीहरूको सदस्य तथा संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा रङ्गेली-३ बेतौनादेखि सुरु भएको  ऱ्याली  रङ्गेलीको मुख्य बजार, बसपार्क हुँदै झपरतलमा  पुगेर कोणसभामा परिणत भएको थियो।   मोटरसाइकल ऱ्यालीमा ई-कमलेश्वर ठाकुर ठाकुरको संयोजकत्वमा ऱ्याली समापन भएको थियो ।  

उक्त ऱ्यालीमा १५० जना सहकारीकर्मीहरुले  मोटरसाइकल  र्‍यालीमा  सहभागिता जनाएको थियो।   नेपालमा विगत ६७ वर्षदेखि सहकारी अभियानमा  राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको छ। राष्ट्रिय सहकारी दिवसले यतिबेला अभियानभित्र रौनकता समेत छाएको छ। २०१३ चैत्र-२० गते देशव्यापी रुपमा ६७औं राष्ट्रिय सहकारी दिवस मनाइँदै आइरहेको छ । 

सहकारी दिवसको पूर्वसन्ध्यामा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सम्पूर्ण संघ संस्थाहरुले यतिवेला विविध सामाजिक कृयाकलापहरुको आयोजना गरेर  कार्यक्रममा ऐक्यवद्धता समेत जनाउदै आइरहेका छन्।  

आज भन्दा करिब ६७ वर्ष अघि अर्थात् २०१३ साल चैत्र-२० गते चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको छ। 

सो कार्यक्रममा मोरङको धनपालथान गाउपालिका, रंगेली नगरपालिका र सुनवर्षी गाउँपालिकाको करिब तीन सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो। मोटरसाइकल ऱ्यालीका संयोजक एवं सदभाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...