News Portal

  • मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    रबिन्द्र बराल, मोरङ
    ३२९ पटक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त हुन थालेका छन्। तर, यस क्षेत्रमा एउटै पिरकृतिको काम गर्दा महिला र पुरुषमा विभेद रहेको स्थानीय कृषकहरु बताउछन्।

    पछिल्लो समयमा अन्य बालीभन्दा धानबालीमै राम्रो मनग्ये आम्दानी हुने भएपछि धान बालिमा कृषकहरु  आकर्षित हुन थालेका हुन्। यस क्षेत्रमा रहेको ३०औं  बिधा खेतमा अहिले धान रोपाई धमाधम भइरहेको छ। मजदुर महिलाहरु एका बिहानैदेखि बीउ उखेल्न र हिलाम्मे खेतमा धान रोपन ब्यस्त हुन थालेका हुन ।  एक बिधा घान धान रोप्न १२ जनाले एक बिधासम्म रोपाई गर्ने गरेको र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम गर्दा उनीहरुले ५ सय रुपैयाँ मात्र ज्याला पाउने गरेको स्थानीय किरण ऋषिदेवले बताईन्।

    पुरुषहरूलाई भने सोही काम गर्न ६ सय रुपैयाँ दिने गरेको भएतापनि महिलाहरूलाई ५ सय रुपैयाँ मात्रै दिने गरेको र हाट बजार सामाग्री खरिद गर्ने जाँदा एक झोला सब्जी समेत नआउने गरेक उनले बताए। घर खर्च समेत धान्न समस्या पर्ने गरेको र गाउँघरमा  समेत महिलाहरुलाई विभेद गरेको पञ्चि देवि ऋषिदेवले बताईन ।  

    धान रोप्ने बेलामा महिलाहरूलाई काममा लगाउने भएतापनि बाली भित्र्याउने बेलामा कम्पेन मेसिनको माध्यमबाट धान बाली भित्र्याउने गरेको हुदा विशेष गरेर महिलाहरुलाई धान काटन नलगाउने गरेको समेत उनले बताए। धन भित्राउने समयमा महिलाहरुलाई  परिवारलाई पालनपोषण गर्न समेत समयमा समस्या हुने गरेको स्थानीय महिला मजदुरहरुले बताए । 

    माटो राम्रो  भएका कारण अरु बाली भन्दा धान बाली मात्रै राम्रो हुने समेत उनले बताए। अहिले उक्त खेतमा घुटराज धान, बांस धान, मन्सुली धान रोपी रहेका छन। चैत्र महिनामा रोपेको धान असारमा महिनामा  काट्ने र पुनः अर्को धान लगाउने गरेको  कृषकहरुले बताए ।  

    अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा काम गर्ने  मजदुरहरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको स्थानीय कृषकहरुले बताउ छन 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...